logo
२०८१ बैशाख ८ शनिवार



म्यान्मामा‘बर्मा’ मा पनि नेपालीभाषीकाे तीज   

विदेश |


म्यान्मामा‘बर्मा’ मा पनि नेपालीभाषीकाे तीज   



काठमाडौँ, भदौ १७ गते । म्यान्मामा रहेका नेपालीभाषी महिलाले नाचगान र मन्दिरमा पूजा गरी तीज पर्व मनाएका छन् । यान्गुनस्थित नेपाली दूतावासले तीजका अवसरमा नेपालीभाषी महिलालाई दूतावासमा निम्त्याएर दर खाने कार्यक्रम पनि राखेको थियो ।    
कार्यक्रममा चार सयभन्दा बढी नेपालीभाषी म्यान्माली महिलाको सहभागिता थियो । नेपालमा रेकर्ड गरिएका नेपाली गीतबाहेक त्यहाँ रेकर्ड गरिएका नेपाली गीतमा पनि उनीहरुले नाचगान गरेका थिए ।    
    
यस्तै तीजकै अवसर पारेर नेपाली दूतावासमा नेपाली हस्तकलाका सामग्रीसहितको मेला पनि लागेको थियो । मेलामा नेपाली खाना तथा म्यान्मा र नेपालका हस्तकलाका सामग्रीका बीस कक्ष थिए । कार्यक्रमका लागि नेपालबाट हस्तकलाका सामग्री लिएर १६ महिला उद्यमी ‘बर्मा’ पुगेका थिए ।    
    
यान्गुन सरकारका पर्यटनमन्त्री ना पान थिन्जार मिउले मेलाको उद्घाटन गर्दैै नेपाली हस्तकलाको प्रशंसा गर्नाका साथै दुवै देशले व्यापार र पर्यटनबाट फाइदा लिन सक्ने बताउनुभयो ।    
    
कार्यक्रममा म्यान्माका लागि नेपाली राजदूत भीमकृष्ण उदासले नेपाल र म्यानमाबीचको सुमधुर सम्बन्ध नागरिकस्तरमा पनि विस्तार भइरहेको बताउनुभयो । उहाँले सन् २०२० मा नेपालले पर्यटन वर्ष मनाउन लागेकाले बुद्धभूमि नेपाल ‘बर्मेली’ पाहुनालाई स्वागत गर्न आतुर छ भन्नुभयो ।    
    
कार्यक्रममा राजदूत पत्नी रञ्जना उदासले विभिन्न सामाजिक संस्थामा योगदान गर्ने नेपालीभाषी महिलालाई थैली उपहार दिएर सम्मान गर्नुभएको थियो । म्यान्मामा एक लाखभन्दा धेरै नेपालीभाषी छन् । नेपालीभाषीले म्यानमाभर करीब चार सय मन्दिर स्थापना गरेका छन् ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?