स्याउमा सुनौलो भविष्य देख्दै मुस्ताङी
रासस
माघ ५, २०७७ सोमबार
हिमाल पारिको जिल्ला मुस्ताङका किसान यतिखेर स्याउको कलमीमा जुटेका छन् । हिमाली क्षेत्रमा व्यावसायिक कृषिको महत्वपूर्ण विकल्प बनेको स्याउ खेतीका लागि पुसमाघको समय कलमी गर्ने, स्याहारसुसार गर्ने एवं लाग्न सक्ने सम्भाव्य रोगबाट जोगाउन रोग प्रतिरोधक औषधि एवं अन्य कीटनाशक औषधि प्रयोग गर्ने बेला हो । पछिल्ला वर्ष बढ्दै गएको जलवायु परिवर्तनको असरसमेतका कारण विगतमा मुस्ताङको तल्लो भेगमा हुने गरेको स्याउखेती विस्तारै...