आठ जनाको शव फेला, ३१ अझै बेपत्ता
गोरखापत्र अनलाइन ,
श्रावण ३०, २०७७ शुक्रबार
सिन्धुपाल्चोक जिल्ला को जुगल गाँउपालिका–२ लिदीमा पहिरोमा पुरिएका आठ जनाको शव फेला परे पनि सनाखत भने सात जनाको मात्र भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी माधवप्रसाद काफलेले जानकारी दिनुभयो । नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले निरन्तर खोजी कार्य जारी राखेका छन् ।