logo
२०८१ बैशाख ८ शनिवार



राप्तीखोलामा डुबेको अवस्थामा युवकको शव फेला

प्रदेश |


राप्तीखोलामा डुबेको अवस्थामा युवकको शव फेला


हेटौँडा समाचारदाता
हेटौँडा, असोज ६ गते । मकवानपुरको मनहरी गाउँपालिका ९ रजैयास्थित राप्तीखोलामा डुबेको अवस्थामा युवकको शव फेला परेको छ ।

शव थाहा नगरपालिका डाँडागाउँका अनिल बिष्ट रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

स्थानीयबासिन्दाले शब घोप्टो परिरहेको अबस्थामा पानीमा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

थाहानगरका युवा के कति कामले मनहरी आइपुगे भन्नेबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?