logo
२०८० चैत्र १६ शुक्रवार



पेस्तोलसहित दुई जना पक्राउ

बन्दुक पड्काउन सिक्दा खोरमा

प्रदेश |


पेस्तोलसहित दुई जना पक्राउ


जनार्जन खत्री

सर्लाही, भदौ ३० गते । सर्लाहीको ईश्वरपुर नगरपालिका–११, बेला गाउँबाट पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । सोही ठाउँका २७ वर्षीय रञ्जित राय र ३२ वर्षीय उमेश साहलाई हतियारसहित प्रहरीले पक्राउ गरेको हो ।

यही भदौ २७ गते साँझ ईश्वरपुर नगरपालिका–११, को ३५ वर्षीय राजेश साहलाई उखु बारीमा लुकेर बसेका अपरिचित मानिसले गोली प्रहार गरी घाईते बनाएको भन्ने खबर प्रहरीमा पुगेको थियो । घटनाबारे जानकारी पाउनासाथ घटनास्थलमा पुगेको प्रहरीले घटना शङ्कास्पद देखिएको भन्दै सुक्ष्म ढङ्गले अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानका क्रममा शङ्का लागि घाईते राजेशका भाई उमेश र छिमेकी रञ्जितलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा पेस्तोल परीक्षण गर्दा अचानक पड्किएको बयान दिएको प्रहरीले जनाएको छ ।

उनीहरुको बयानका आधारमा अनुसन्धान गर्दै जाँदा घटनामा प्रयोग भएको एक थान पेस्तोल, परीक्षणका क्रममा पड्किएको, एक थान गोलीको खोका, पेस्तोलमै अड्किएका,े अर्को एक थान गोलीको खोका, पेस्तोलमै प्रयोग हुने दुई थान गोली बरामद भएको सर्लाही प्रहरीका प्रवक्ता डीएसपी प्रतितसिंह राठौरले जानकारी दिनुभयो ।

हतियारसहित पक्राउ परेका दुवै जनाविरुद्ध हातहतियार खरखजाना मुद्दामा सर्लाही जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । गोली लागेर घाईते भई वीरगञ्जमा उपचाररत राजेश साहलाई पनि अस्पतालले डिस्चार्ज गर्नासाथ जिल्लामा ल्याएर कानुनी कारवाही प्रक्रिया अघि बढाइने डीएसपी राठोरले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?