logo
२०८० चैत्र १६ शुक्रवार



वैशाख ३ गतेसम्म सबै प्रकारको भिसा सुविधा बन्द

पर्यटन |


वैशाख ३ गतेसम्म सबै प्रकारको भिसा सुविधा बन्द


पुरूषाेतम खत्री
काठमाडौं, चैत २६ गते । अध्यागमन विभागले वैशाख ३ गतेसम्म सबै प्रकारको भिसा सुविधा बन्द गर्ने निर्णय गरेको छ ।

सरकारले विश्वव्यापी महामारी फैलिरहेको सन्दर्भमा मुलुकभर लक डाउन गरेकाले गृह मन्त्रालयको निर्णय अनुसार यस्तो निर्णय लिएको विभागले जनाएको छ ।

 अध्यागमन विभागका निर्देशक तथा प्रवत्ता रामचन्द्र तिवारीले सेवाग्राही सबैमा भिसा अवधि जेजस्तो भए पनि सो अवधिसम्म धैर्यतापूर्वक बस्न आग्रह गर्नुभएको छ

सरकारले मंगलबार वैशाख १८ गतेसम्मलाई सबै प्रकारका अन्र्तराष्ट्रिय उडान बन्द राख्ने निर्णय गरेकाे छ । 

विदेशी नागरिकहरुलाई सरकारी निर्णय अनुसार चैत ८ गतेसम्म भिसा अवधिभएका, लक डाउन अवधिमा स्वदेश फिर्ता हुन चाहने वा नियमित कामकार्वाही सञ्चालन भएको एकहप्तासम्म भिसा शुल्क, अविलम्व शुल्क वा जरिवाना शुल्क मिनाहा गरिएको छ ।

प्रवक्ता तिवारीका अनुसार नेपालमा भिसा अवधि लम्ब्याउन चाहने विदेशीहरुले साविक भिसा शुल्कबाहेक अतिरिक्त कुनै पनि प्रकारका शुल्कहरु तिर्नुपर्दैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?