logo
२०८० चैत्र १५ बिहीवार



सङ्ग्रहालय बन्द

पर्यटन |


सङ्ग्रहालय बन्द


काठमाडौँ, चैत १० गते । कोरोना भाइरसको सङ्क्रमणलाई ध्यानमा राखी सरकारले अनावश्यक भीडभाड नगर्न तथा अत्यावश्यकका कामबाहेक बाहिर ननिस्कन निर्देशन दिएसँगै विभिन्न स्थानमा सञ्चालन गरिएको सङ्ग्रहालय तथा म्युजियम बन्द भएका छन् ।

नेपाल पर्वतारोहण सङ्घअन्तर्गत पोखरामा सञ्चालन गरिएको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय र ककनीमा रहेको अन्तर्राष्ट्रिय पर्वतारोहण स्मृति उद्यान बन्द गरिएको छ । पर्वतारोहण सङ्घका महासचिव कुलबहादुर गुरुङका अनुसार चैत १० देखि २१ गतेसम्म दुई स्थानमा सञ्चालन गरिएको सङ्ग्रहालय बन्द गरिएको हो ।

त्यस्तै काठमाडौँको सिनामङ्गलमा सञ्चालन गरिएको एभिएसन म्युजियम र धनगढीमा सञ्चालन गरिएको एयरक्राफ म्युजियम बन्द गरिएको छ । बढी भीडभाड नगर्न सरकारको निर्देशनानुसार अर्को व्यवस्था नभएसम्मका लागि गत बिहीबारदेखि दुई स्थानमा सञ्चालन गरिएको म्युजियम बन्द गरिएको सञ्चालक क्याप्टेन बेद उपे्रतीले जानकारी दिनुभयो ।

त्यस्तै चन्द्रागिरि हिल्सले सञ्चालन गरेको चन्द्रागिरि केवलकार आइतबारदेखि तथा मनकामना केवलकार शनिबारदेखि अर्को व्यवस्था नहुँदासम्मका लागि बन्द गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?