logo
२०८१ बैशाख ७ शुक्रवार



युवाको क्षमता अभिवृद्धि गर्न सबै प्रदेशमा नव प्रवर्तन केन्द्र स्थापना हुने

खेलकुद |


युवाको क्षमता अभिवृद्धि गर्न सबै प्रदेशमा नव प्रवर्तन केन्द्र स्थापना हुने


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ २ गते । सरकारले निजी क्षेत्रबाट पहल गरिएका खेलकुद पूर्वाधार निर्माणलाई प्रोत्साहन गर्ने नीति लिएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत् सरकारले निजी क्षेत्रबाट पहल गरिएका खेलकुद पूर्वाधार निर्माणलाई प्रोत्साहन गर्ने नीति लिएको जनाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै स्थानीय, प्रादेशिक तथा राष्ट्रियस्तरमा सुविधासम्पन्न खेलकुद पूर्वाधारको निर्माण तथा स्तरोन्नतीको कार्यलाई निरन्तरता दिइने प्रतिबद्धता जनाउनुभयो । आगामी वर्षदेखि उच्च पर्वतीय खेलकुद तालिम केन्द्र स्थापनाको कार्यलाई अघि बढाइने उहाँले बताउनुभयो ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति भण्डारीले राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भई पदक प्राप्त गर्नसक्ने खेलाडीको क्षमता विकास गरिने उल्लेख गर्नुभयो । गत् मङ्सिर महिनामा सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा नेपालले अहिलेसम्मकै सबैभन्दा बढी स्वर्ण जितेको थियो । ५१ स्वर्णसहित नेपालले २०७ पदक जितेको थियो । खेलकुदको पूर्वाधारको अभाव र खेलाडीलाई आकर्षित गर्ने योजना नहुँदा राष्ट्रिय खेलाडी खेलकुद गतिविधि त्यागेर पलायन हुँदै आएका छन् । सरकारले वार्षिक नीति मार्फत् खेलाडीको क्षमता विकास गर्ने प्रतिबद्धता जनाएको हो ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति भण्डारीले युवाको क्षमता अभिवृद्धिका लागि नव प्रवर्तन केन्द्र स्थापना गर्ने घोषणा गर्नुभयो । नव प्रवर्तन केन्द्र सातवटै प्रदेशमा स्थापना गरिनेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?