logo
२०८० चैत्र १६ शुक्रवार



फिफा वरियतामा नेपाल यथावत् रहन सफल

खेलकुद |


फिफा वरियतामा नेपाल यथावत् रहन सफल



काठमाडौँ, चैत २७ गते । विश्व फुटबलको सर्वोच्च निकाय ९फिफा०ले आज सार्वजनिक गरेको वरियतामा नेपाल यथावत् रहन सफल भएको छ ।

फिफाले सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १७०औँ स्थानमा रहँदै यथावत् स्थानमा रहन सफल भएको हो । गत महिना पनि नेपाल १७०औँ स्थानमै रहेको थियो ।

दक्षिण एशियाली राष्ट्रमा भने नेपाल तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अगाडि भारत र माल्दिभ्स रहेको छ । भारत १०८औँ स्थानमा रहँदा माल्दिभ्स १५५औँ स्थानमा रहेको छ ।

नेपालभन्दा तल भुटान, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तान रहेको छ । भुटान १८९औँ स्थानमा छ भने बङ्गलादेश १८७औँ स्थानमा छ । त्यसैगरी पाकिस्तान २००औँ स्थानमा रहँदा श्रीलङ्का २०६औँ स्थानमा रहेको छ ।

नयाँ वरियताको शीर्ष स्थानमा बेल्जियम रहेको छ भने फ्रान्स दोस्रो स्थानमा छ । त्यसैगरी ब्राजिल तेस्रो, इङ्ल्यान्ड चौथो तथा उरुग्वे पाँचौँ स्थानमा रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?