logo
२०८१ बैशाख ८ शनिवार



रोटरी क्लबले ३६ आइसोलेशन श्यया बनाउन सहयोग गर्दै

समाज |


रोटरी क्लबले ३६ आइसोलेशन श्यया बनाउन सहयोग गर्दै


काठमाडौँ, चैत २७ गते । रोटरी क्बलले कोभिड —१९ को सम्भावित जोखिम हुन नदिन ३६ आइसोलेशन श्यया तयार गर्न सहयोग गर्ने भएको छ ।

रोटरी इन्टरनेशनल ड्रिस्टिक ३२९२ तथा रोटरी क्लब अफ जावलाखेलको आयोजनामा कोरोना रोटरी सेन्टरमार्फत विभिन्न अस्पतालमा ती श्यया बनाउन सहयोग गर्न लागेको हो ।

तत्काल दुई श्यया र बाँकी क्रमशः विस्तार गर्दै लैजान लागेको रोटरी इन्टरनेशनलका पूर्वडिस्टिक गभर्नर जया राज्यलक्ष्मी शाहले जानकारी दिनुभयो । “तत्कालका लागि दुई श्यया मात्रको आइसोलेशन कक्ष निर्माण गर्न लागेका हौँ । विस्तारै आइसोलेशन श्यया थप गर्दै लैजान्छौँ”, उहाँले भन्नुभयो ।
सो सस्थाले कोरोना भाइरसबारे निःशुल्क जानकारी दिन नेपाल नेशनल अस्पताल कलङ्कीमा ११४७ नम्बरको हटलाइन सेवासमेत सञ्चालनमा ल्याएको छ । सेवालाई आफूभन्दा माथि ठानेर सन् १९५० मा नेपाल शाखा स्थापना भएको रोटरी इन्टरनेशनलले विभिन्न विपद्, शिक्षा, स्वास्थ्य, सरसफाइ, युवा शान्तिलगायतका क्षेत्रमा काम गर्दै आएको छ ।
रोटरी इन्टरनेशनलले विसं २०७२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त ८० विद्यालय भवनसमेत पुननिर्माण गरिसकेको छ । यस्तै थापाथली, धुलिखेललगायत नेपालका विभिन्न क्षेत्रमा ज्येष्ठ नागरिक केन्द्रसमेत स्थापना गरेको छ । रोटरीका हाल देशभर १२३ शाखा रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?