logo
२०८० चैत्र १६ शुक्रवार



आवतजावत रोक्न झोलुङ्गे पुलमा काँढेतार

समाज |


आवतजावत रोक्न झोलुङ्गे पुलमा काँढेतार
सांकेतिक तस्विर


खलङ्गा, चैत २७ गते । आवतजावत रोक्न झोलुङ्गे पुलमा काँढेतारजुम्ला, चन्दननाथ नगरपालिका वडा नं १० बाट जुम्ला सदरमुकाम खलङ्गा बजार जोड्ने तिला नदीको झोलुङ्गे पुलमा आवतजावत रोक्न सो पुलमा यहाँका युवाले काँढेतार लगाएका छन् ।

कोभिड–१९ मुलुकमा फैलिन नदिने उद्देश्यले सरकारले लगाएको लकडाउन प्रभावकारी नभई मानिसको आवतजावत नरोकिएपछि सो वडाका युवाले सीमा जोड्ने पुलमै काँढेतारको बार लगाएको स्थानीयवासी लोकेन्द्र शाहीले बताउनुभयो ।

लकडाउन प्रभावकारी बनाउन सरकारले एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला, एक स्थानीय तहबाट अर्को स्थानीय तह जान रोक लगाएको छ । यहाँका सबै ग्रामीण भेगमा यसको कुनै असर परेको छैन ।

जुम्लामा भारतबाट आएका धेरै मानिस गाउँमा निस्फिक्री घुमिरहेका छन् । भारतबाट आएका नौ जनाको स्वास्थ्य जाँच गर्दा कोरोना नेगेटिभ देखिएको छ । अहिलेसम्म जिल्लामा कुनै व्यक्तिलाई कोरोना संक्रमण देखिसकेको छैन । भारत तथा तेस्रो मुलुकबाट यहाँ आएका ३२४ जनाको मंगलबार कोभिड –१९ को नमूना संकलन गरेर नेपाली सेनाको स्काई ट्रयाकबाट काठमाडौँ पठाइएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताउनुभयो ।
तरकारीे आयातमा ठप्प
तराईबाट जुम्ला तरकारी आयात अहिले पूर्णरुपमा रोकिएको छ । नेपालगञ्ज, दाङ, सुर्खेतलगायत जिल्लाबाट जुम्लामा तरकारी आउने गरेको थियो । लकडाउनका कारण तराईका जिल्लाबाट आउने तरकारीको आयात अहिले पूर्णरुपमा ठप्प रहेको उद्योग वाणिज्य संघले जनाएको छ । यहाँ विशेष गरी नेपालगञ्जबाट आउने तरकारीले राम्रो बजार लिने गरेको धिताल तरकारी पसलका सञ्चालक सुन्दरी पाण्डेले बताउनुभयो ।
उहाँका अनुसार वर्षको झण्डै २०० क्विन्टल तरकारी दैलेख, बाँके, दाङ्ग र सुर्खेतबाट जिल्ला आयात हुने गरेको छ । उपभोक्तालाई यहीँ उत्पादन हुने प्राङ्गारिक तरकारीको मागअनुसार पु¥याउन नसकेपछि तराईका जिल्लाबाट आउने तरकारी रोजाइमा पर्ने गरेको स्थानीयवासी शिवदेवी रोकायाले जानकारी दिनुभयो । लकडाउनपछि तराईको तरकारी आयात ठप्प हुनाले स्थानीय उपभोक्ताले स्थानीयस्तरमा उत्पादित तरकारी खरीद गर्ने गरेका छन् ।
एक घरधुरीलाई ३० केजी चामल

हिमा गाउँपालिकाले प्रत्येक घरधुरीलाई ३० केजी चामल र २५ केजी नुन वितरण गर्दै आएको छ । गाउँपालिकाको निर्णयानुसार पहिलो चरणमा घरदैलामा पुगेर चामल र नुन वितरण गरिँदै आएको गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले बताउनुभयो ।
गाउँपालिकाका दुई हजार ३३५ घरधुरीमध्ये १५० घरधुरी अतिविपन्न छन् ।
खाद्य संस्थानकै चामल
कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि जारी लकडाउनका समयमा हुन सक्ने खाद्य संकटको पूर्वानुमान गर्दै सिंजास्थित हिमा गाउँपालिकाले खाद्य बैंक स्थापना गरेको छ । गाउँपालिकाले नेपाल खाद्य संस्थान सुर्खेतबाट चामल खरीद गरी खाद्य बैंक बुधबार साँझदेखि सञ्चालनमा ल्याएको छ ।
गाउँपालिका अध्यक्ष शाहीका अनुसार चामल, दाल, नुन र तेल एकै ठाउँमा जम्मा गरी खाद्य संकटको समयमा वितरण गरिने छ । अतिविपन्नलाई पहिलो प्रथामिकतामा राख्दै फुड बैकबाट खाद्य पदार्थ उपलब्ध गराउने तयारी गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाभरिका २३ भन्दा बढी घरधुरीलाई रु ४७ लाख बराबरको खाद्यान्न(चामल) खरीद गरिएको प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले बताउनुभयो । उहाँका अनुसार सुर्खेत खाद्य संस्थानबाट सात हजार क्विन्टल बढी चामल आयात गरिएको छ । पालिकाभरिका दुई हजार ३३५ घरधुरीलाई प्रतिपरिवार ३० केजी चामल, पाँच नुन, दाललगायत खाद्य पदार्थ उपलब्ध गराउनका लागि खाद्य बैँकमा जम्मा गरिएको अधिकृत बुढाले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?