logo
२०८१ बैशाख ७ शुक्रवार



अष्टेलियाकाे लागि उड्यो निगमको वाइड बडी

अर्थ |


अष्टेलियाकाे लागि उड्यो निगमको वाइड बडी


काठमाडौँ, चैत १९ गते । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को वाइड बडी जहाज अष्टेलिया उडेको छ । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको वाइड बडी एयरबस ३३० जहाज साँझ ६ः१२ मिनेटमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट गन्तब्यतिर उडेको हो ।    
    
 निगमले मलेसियाको क्वालालम्पुर हुँदै अष्टेलियाको शहर ब्रिश्वेन पुग्ने गरी आज साँझ ५ः३० बजे उडान तालिका बनाएको थियो । निगमको उड्डयन इतिहास मै पहिलो पटक वाइड बडी जहाजले लामो गन्तब्यको उडान भर्न लागेको हो । मलेसिया ट्रान्जिट हुँदै अष्टेलियासम्मको यो उडान करिब १३ घण्टाको हुनेछ ।    
    
 आरए उडान नं ४१३१ को वाइड बडी जहाजले अष्टे«लिया र न्यूजिल्याण्डका नागरिकका निम्ति उद्धार उडान गर्न लागेको निगमका अपरेशन विभाग प्रमुख दिपु जहार्चनले बताउनुभयो । उहाँले छ जना चालक दलसहित २४ जनाको सञ्चालन टोली र २५० यात्रुसहितको उक्त अद्घितीय उडान फेरी क्वालालम्पुर हँुदै बिहीबार राति नेपाल अवतरण गर्ने तालिका रहेको जानकारी दिनुभयो ।    
    
वाइड बडी जहाज बिहीबार राति १०ः५० बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । निगमले बिहिबार चीनको ग्वाङ्जाओ गन्तब्यमा कार्गो उडान गर्दैछ । चीनबाट कोभिड–१९ का लागि आवश्यक औषधि र उपकरण ल्याउन व्यवसायीले निगमको वाइड बडी जहाज चार्टर्ड गरेको बताइएको छ ।    
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?