logo
२०८० चैत्र १५ बिहीवार



कोभिड – १९ : एम्बुलेन्स तयारी अवस्थामा

समाज |


कोभिड – १९ : एम्बुलेन्स तयारी अवस्थामा


बैतडी, चैत १७ गते । कोरोना भाइरस ९कोभिड–१९० को सम्भावित जोखिम रोकथाम गर्न यहाँ ११ वटा एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको छ ।
स्थानीय तहका ८, जिल्ला अस्पतालको २ र शहिद दशरथचन्द स्मृती प्रतिष्ठानको १ एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुुभयो । उहाँले भन्नुभयो“ कोरोना भाइरसका सम्भावित बिरामीका बारेमा खबर पाउने बित्तिकै तत्कालै उद्धार गरेर अस्पताल लगिने व्यवस्था मिलाइएको छ । ”जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले सबै एम्बुलेन्सका चालकलाई आवश्यक सुरक्षा सामग्रीसमेत प्रदान गरिएको जानकारी दिनुभयो । जिल्ला अस्पताल डा वसन्तराज जोशीले भन्नुभयो“एम्बुलेन्समा चालक र बिरामीबीच कुनै सम्पर्क नहुने गरेर सम्भावित कोरोना सङक्रमित मात्रै बोक्न तयारी अवस्थामा राखिएका हुन् । ”
त्यस्तै एम्बुलेन्स चालकलाई सुरक्षित सामग्री लगाउने तरिका र सो भाइरसका सम्भावित बिरामीसँंग गर्ने व्यवहारका बारेमा तालिमसमेत प्रदान गरिएको छ । अहिले जिल्लामा सो भाइरसका सम्भावित बिरामी भेटिएका छैनन् ।
भारत तथा अन्य मुलुकबाट जिल्ला फर्केकालाई यहाँका स्थानीय तहले क्वारेन्टाइमा राखी दैनिक स्वास्थ्य जाँच गर्न थालेका जनाइएको छ । ।।।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?