logo
२०८१ बैशाख ८ शनिवार



सम्मानित भए आदर्श सासु–बुहारी

समाज |




कोहलपुर, माघ २६ गते । सम्मान गर्ने र लिने आ-आफ्नै तरिका हुन्छन् । कोहलपुर–११ बसपार्क रोडमा अवस्थित वनवाटिका टोल सुधार समितिले कोहलपुर नगर क्षेत्रभित्र रहेका आदर्श सासु तथा बुहारीलाई सम्मान गरी नयाँ कार्यको शुरुआत गरेको छ ।
समितिद्वारा शनिबार यहाँ आयोजित कार्यक्रममा आदर्श सासुमा कोहलपुर नगरपालिका–२ निवासी लक्ष्मी भुसाल र बुहारीमा वडा नं ११ की शीखा गौतम श्रेष्ठ सम्मानित हुनुभयो । कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले उहाँहरुलाई सम्मान गर्दै नगरभित्रका सबै सासु–बुहारी आदर्श बन्न सक्नुपर्ने बताउनुभयो । सासुले बुहारीलाई छोरीकै रूपमा हेर्नुपर्ने र बुहारीले सासुलाई आमाको रूपमा स्वीकार्न गरेमा आदर्श परिवार निर्माण समस्या नहुने उहाँले चर्चा गर्नुभयो
नगरपालिकाले हरेक वर्ष नगरपिता र नगरमाताका रूपमा दुई वृद्धवृद्धालाई सम्मान गर्दै आएको छ । जिल्लामै पहिलोपटक आदर्श सासु–बुहारी सम्मान गर्ने योजना अघि सारिएको टोल सुधार समितिका अध्यक्ष हरिप्रसाद पौडेलले जानकरी दिनुभयो ।
हात्तीपाइले रोगविरुद्धको औषधि खुुवाउने अभियान जारी
वाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने अभियान जारी छ । एक लाख ७३ हजार जनसङ्ख्यामध्ये एक लाख ४५ हजारलाई औषधि खुवाउने लक्ष्य राखिएको उपमहानगरपालिकाले जनाएको छ । नगरभित्र ९४ बुथमा ११४ स्वास्थ्यकर्मी र २०१ महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएकोस्वास्थ्य शाखा प्रमुख डिल्ली पोखरेलले जानकारी दिनुभयो ।
बाँकेमा आगामी फागुन ५ गतेसम्म सो अभियान जारी रहने छ । नगर उपप्रमुख उमा थापामगर नेतृत्वको टोलीले नगरका विभिन्न बुथमा पुगेर अभियानको अनुगमन गर्दै सबैलाई औषधि सेवनका लागि आग्रहसमेत गर्नुभएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका प्रमुख डा धवलशम्शेर राणा, उपप्रमुख थापामगर, प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल, वडाध्यक्ष सुनिलसिंह हमाल, बुद्धिसागर सुवेदीलगायतले औषधि सेवन गरेर अभियानको शुभारम्भ गर्नुभएको हो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?