logo
२०८१ बैशाख ८ शनिवार



बालगृहबाट भागेका बालबालिकाको उद्धार

खुला |


बालगृहबाट भागेका बालबालिकाको उद्धार


गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ २४ गते । बालगृहमा कुटपिट र यातना भएपछि भागेका बालबालिकालाई प्रहरीले उद्धार गरेको छ ।

ललितपुरको भैँसेपाटीस्थित श्री पुनस्र्थापना पवित्र चिल्ड्रेन होम नामक बालगृहबाट भागेका सात जना बालबालिकालाई महानगरीय प्रहरी प्रभागबाट खटिएको टोलीले फेला पारी बालबालिका खोजतलास समन्यव केन्द्र (१०४) मा ल्याइएको छ । सुर्खेतका ११ वर्षीया आशा नेपाली र १२ वर्षीया लक्ष्मी शर्मा, रुकुमका ११ वर्षीय सामुयल विक र ९ वर्षीया योना विक तथा हुम्लाका ९ वर्षीया दिना टमटा, ५ वर्षीय विजय टमटा र ७ वर्षीय कलबहादुर टमटा रहेको समन्वय केन्द्रले जनाएको छ ।

आकाश खाती र कमला खातीले सञ्चालन गरेको बालगृहमा संरक्षणको नाममा खान लाउन नदिई काममा लगाउने र यातना दिने गरेकाले बालगृहबाट भागेको उद्धार गरिएका बालबालिकाले बताएका छन् । सुर्खेतको खजुरा घर बताउने ११ वर्षकी आशा नेपालीले आफूलाई दाङका एक चर्चका पास्टरले बालगृह सञ्चालक कमला खातीसँग काठमाडौँ पठाएको बताउनुभयो । आशाका अनुसार पढाइदिने र टेबलमा बसेर खान दिइने भनी बालगृहमा ल्याइएको थियो ।

बालगृहमा ल्याएपछि विद्यालय नपठाई घर सफा गर्ने, लुगा धुने, भाँडा माझ्ने काममा लगाइएको बालबालिकाले बताएका छन् । दुई वर्षदेखि त्यस बालगृहमा बस्दै आएकी ९ वर्षीया योना विकका अनुसार बालगृह सञ्चालकले बालबालिकालाई शारीरिक यातना समेत दिने गरेका थिए ।
भागेका बालबालिकालाई भैँसेपाटीका एक स्थानीयले भेटी प्रहरीलाई बुझाएको थियो । बालबालिकालाई अभिभावकसँग सम्पर्क गरी परिवारमा नै पुनस्र्थाना गरिने राष्ट्रिय बालअधिकार परिषदकी कार्यक्रम व्यवस्थापक नमूना भुसालले बताउनुभयो । हाललाई भने बालबालिकालाई अस्थायी संरक्षण केन्द्रमा राखिने उहाँले जानकारी दिनुभयो ।
चिल्डे«न होम सञ्चालकलाई महानगरीय प्रहरी प्रभाग भैँसेपाटीले नियन्त्रणमा लिई कानूनी कारबाहीका लागि प्रारम्भिक अनुसन्धान गरिहेको जनाइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?