logo
२०८१ बैशाख ८ शनिवार



माछाबाट बनेको तेल सेवनले मुटुजन्य रोग लाग्ने सम्भावना कम

बिज्ञान |


माछाबाट बनेको तेल सेवनले मुटुजन्य रोग लाग्ने सम्भावना कम


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २८ गते । नियमित रुपमा माछाबाट बनेको तेल सेवनले मुटुजन्य रोगहरु लाग्ने सम्भावना कम हुने बताइएको छ ।
सदियौंदेखि माछाबाट बनेको तेललाई खुराकको रुपमा लिने गरिए पनि त्यसले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नसक्छ भन्ने कुरा पुष्टि भएको थिएन ।
नियमित रुपमा माछाबाट बनाइने खाद्यपदार्थले अल्पायुमा मृत्यु हुने र मुटुजन्य रोगहरु जस्तै मुटु दुख्ने र हृदयघातबाट बच्न सकिने हालै गरिएको एक अध्ययनले पत्ता लगाएको हो ।
बेलायतको तफ्स विश्वविद्यालयका कार्डियोभास्कुलर न्युट्रिसन लेबोरेटरीका निर्देशक र वरिष्ठ वैज्ञानिक एलिस लिचेस्टिनका अनुसार ४० वर्षदेखि ६९ वर्ष उमेरसमूहका पाँचलाख व्यक्तिहरुमा गरिएको उक्त शोध केन्द्रित रहेको थियो ।
करिब नौवर्ष लगाएर अनुसन्धान शुरु गरेदेखि चारलाख २७ हजार ६७८ महिला र पुरुषले माछाबाट बनेको तेल सेवन गरेका थिए ।
त्यसरी सेवन गर्नेहरुमा अल्पायुमा मुत्यु हुनेको १३ प्रतिशत, १६ प्रतिशतले मुटुजन्य रोगबाट मारिनेम र ७ प्रतिशतले हृदयघात र मुटु दुख्ने रोगबाट मारिने दरमा कमी भएको अनुसन्धानले देखाएको छ

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?