logo
२०८१ बैशाख १२ बुधवार



रौतहटको क्वारेन्टाईनमा बस्नेको संख्या २३७ 

प्रदेश |


रौतहटको क्वारेन्टाईनमा बस्नेको संख्या २३७ 



कृष्ण तिवारी
रौतहट, चैत्र २८ गते । पछिलो समय रौतहटको क्वारेन्टाइनमा बस्नेको संख्या घट्दै गएको छ । कोरोना भाइरस संक्रमणको आशंकामा क्वारेन्टाइनमा बसेका शंकास्पद विरामीको संख्या घटन थालेको बताइएको छ ।
जिल्लाको विभिन्न स्थानीयतहमा निर्माण गरिएको क्वारेन्टाइनहरुमा गत सोमबारसम्म २ सय ४३ जना रहेको थियो तर बिहीबार साँझसम्म त्यो संख्या घटेर २ सय ३७ पुगेको छ । त्यहाँ १९ जना महिला र २ सय १८ जना पुरुष रहेका छन् ।
लक डाउन शुरुभएदेखि नै भारतलगायत विभिन्न स्थानबाट आउनेलाई १४ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा राख्नुपर्ने व्यवस्था मिलाइएको छ ।
सोही व्यवस्था अनुसार चोर बाटो प्रयोग गरेर नेपाल आएकाहरुलाई पक्राउ गरेर क्वारेन्टाइनमा राख्ने गरिएको छ ।
जिल्लाको गौर, गरुडा, चन्द्रपुर, कटहरिया, मौलापुर, बौधीमाई, फतुवा बिजयपुर, माधवनारायण, देवाही गोनाही, ईशनाथ, राजपुर, लगायतका स्थानमा गरी कुल २७ वटा क्वारेन्टाइन निर्माण भइ सञ्चालनमा रहेको छ ।
बाहिरबाट आउने कोरोनाको शंकास्पद व्यक्तिलाई राख्नको लागि कुल २७ ठाउँमा गरी ८ सय ३६ बेड संख्याको क्वारेन्टाईन सञ्चालनमा रहेको छ भने शंक्रमितलाई उपचार गर्न २५ बेडको आइशोलेशन कक्ष तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो ।
जिल्लाको विभिन्न स्थानमा रहेका क्वारेन्टाईनबाट उपचारपछि ४६ जना निको भएर घर फर्किसकेको जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा राम नरेश साहले बताउनुभयो ।
त्यस्तै, अहिलेसम्म १७ जनाको स्वाब परीक्षण गरिएको र उहाँहरुको रिपोर्ट नेगेटिभ आएको नायब सुब्बा साहले बताउनुभयो ।
क्वारेन्टाइनमा रहेका बिरामीको औषधिउपचार खर्चका साथै डाक्टर तथा बिरामीको खानपिन लगायत सबै ब्यवस्था स्थानीय तहले नै गर्दै आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?