logo
२०८० चैत्र १६ शुक्रवार



लक डाउन उल्लंघन हुने गरी सञ्चालित सामूहिक भोजन बन्द

प्रदेश |
समाज |


लक डाउन उल्लंघन हुने गरी सञ्चालित सामूहिक भोजन बन्द



मुरारी अधिकारी
धादिङ, चैत्र २७ गते । धादिङ नीलकण्ठ नगरपालिकाले लक डाउनमा जदुर र विपन्नका लागि नीलकण्ठ माध्यमिक विद्यालयमा सञ्चालित सामुहिक भोजन कार्यक्रम प्रशासनले बन्द गरेको छ ।
धादिङका विभिन्न क्षेत्रमा आएर लक डाउनमा अलपत्र परेका मजदुरहरु, श्रमिक र विपन्न वर्गलाई लक्षित गरी सञ्चालनमा ल्याएको सामूहिक भोजनलाई स्थानीय प्रशासनले रोकेको हो ।
प्रहरीले सो स्थानमा प्रयोग भएका खाना बनाउने सामग्री, खाद्यान्न, ग्याँसलगायतका सामान जफत गरी लगिएको नीलकण्ठ नगरपालिकाको प्रमुख भीमप्रसाद ढुंगानाले जानकारी दिनुभयो ।
नीलकण्ठ नगरपालिकाले विशेष सुरक्षा सावधानी र भौतिक दुरी कायम गर्दै २६ गते विहानदेखि निःशुल्क भोजन स्थलको भान्सा रोकेको उहाँले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी रुपक खड्काका अनुसार लक डाउन उल्लङ्घन हुने गरि सामूहिक मेस संचालन गरेको पाइएकाले मेस संचालन नगर्न आग्रह गर्दै मेसमा रहेका भाँडाहरु प्रहरीले नियन्त्रणमा लिएको बताउनुभयो ।
नीलकण्ठ नगरपालिकाको उक्त सामुूहिक मेस संचालनका लागि धादिङ उद्योग वाणिज्य संघ, धादिङ चेम्बर अफ कमर्स, टोल सुधार महासमिति, जिल्ला होटल संघ र धादिङ सोसियल भोलेन्टियर्सको सहयोग रहेको थियो ।
नगरपालिकाले सबै वडामा सामूहिक मेस संचालन गर्ने निर्णय गरिए पनि वडा नं. ३ बाहेक अरु वडाले मेस संचालन गरेका थिएनन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?