logo
२०८० चैत्र १६ शुक्रवार



धनगढीमा उपचार गराइ रहेका काेराेना संक्रिमतका परिवारका सात र सम्पर्कमा रहेका दुई जनामा संक्रमण पाइएन

प्रदेश |
फिचर |


धनगढीमा उपचार गराइ रहेका काेराेना संक्रिमतका परिवारका सात  र सम्पर्कमा रहेका दुई  जनामा संक्रमण पाइएन


अविनाश चौधरी
धनगढी, चैत २३ गते । धनगढीका कोरोना सङ्क्रमित व्यक्तिको परिवारका सात जना सदस्यको स्वाब परीक्षणमा कोरोना संक्रमण नभएको पाइएको छ ।
सङ्क्रमित व्यक्तिका श्रीमती, छोरी, आमा बुबा, दाजु र दाजुका सन्तानहरुको रिपोर्ट नेगेटिभ आएको हो । यो परिवार नौ सदस्यीय रहेको छ । सेती प्रादेशीक अस्पतालका प्रवक्ता डा. जगदीश जोशीका अनुसार सङ्क्रमित व्यक्तिको परिवारको आठ र दुई जना नजिकका आफन्त गरी १० जनाको थ्रोट स्वाब नमूना परीक्षणका लागि काठमाडौं पठाइएको थियो ।
परिवारको आठ जनामध्ये सङ्क्रमितका भाउजुको रिपोर्ट हिजो नै आइसकेको छ । ३४ वर्षीया उहाँलाई कोरोना पोजेटिभ पुष्टि भएको छ । परिवारका बाँकी सात जना सदस्यको रिपोर्ट भने नेगेटिभ रहेको डा. जोशीले जनाउनुभयो । उहाँले दुई जना आफन्तको रिपोर्ट आउन बाँकी रहेको उल्लेख गर्नुभयो ।
सङ्क्रमित व्यक्ति दुबईबाट भारतको दिल्ली हुँदै चैत ७ गते नेपाल फर्किनु भएको थियो । ११ गते सेती प्रादेशीक अस्पतालको आइसोलेशन कक्षमा भर्ना हुनु भएको उहाँको कोरोना पोजेटिभ पुष्टि भएको थ्रोट स्वाब रिपोर्ट चैत १४ गते आएको थियो । दुबईबाट कोरोना सङ्क्रमित भएर आउनु भएका ती व्यक्तिबाट नेपालमा पहिलो पटक कोरोना सङ्क्रमण दोस्रो चरणमा प्रवेश गरेको पुष्टि भएको छ । उहाँबाट कोरोना उहाँको भाउजुलाई सरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?