logo
२०८१ बैशाख १३ बिहीवार



सहकारी दिवसको खर्च कोराना नियन्त्रण कोषमा

प्रदेश |


सहकारी दिवसको खर्च कोराना नियन्त्रण कोषमा


गलकोट, चैत २१ गते ।  बागलुङ जिल्लामा क्रियाशील आदर्श सञ्चार सहकारी संस्था लिमिटेडले राष्ट्रिय सहकारी दिवस मनाउनका लागि छुट्टयाएको रकम कोरोना रोकथाम तथा नियन्त्रण कोषमा सहयोग गरेको छ । सहकारी दिवसका अवसरमा सहकारीले विभिन्न कार्यक्रम गर्नका लागि विनियोजन गरेको रु। एक लाख कोभिड–१९ का कारण स्थगन भएपछि उक्त रकम कोषमा सहयोग गरिएको आदर्श सञ्चार सहकारी संस्थाले जनाएको छ ।

संस्थाले ६३ औं राष्ट्रिय सहकारी दिवसका लागि विनियोजन भएको रु एक लाखमध्ये बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाले सञ्चालन गरेको कोरोना नियन्त्रण तथा रोकथाम कोषमा रु ५० हजारका दरले बिहीबार सहयोग गरेको संस्थाका अध्यक्ष हुमाकुमारी जिसीले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?