logo
२०८१ बैशाख ११ मंगलवार



अछाममा जीप दुर्घटना हुँदा एकको मृत्यु, १२ घाइते

प्रदेश |


अछाममा जीप दुर्घटना हुँदा एकको मृत्यु, १२ घाइते



शिवराज ढुंगाना
अछाम, फागुन १३ गते । ढकारीबाट सदरमुकाम मंगलसेनतिर आइरहेको जीप कमलबजार नगरपालिका–६ विरपथमा मंगलबार दुर्घटनाका घाइतेको मृत्यु भएको छ । दुर्घटनाका घाइते मध्येका ढकारी गाउँपालिका–३ का ५८ वर्षीय राम नेपालीको थप उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा मंगलबार दिउसो ज्यान गएको छ ।
दुर्घटनामा दुई बालकसहित १२ जना घाइतेको जिल्ला अस्पताल मंगलसेनमा उपचार भइरहेको छ । घाइते मध्ये ढकारी गाउँपालिका–६ की पार्वती सुर्जीलाई थप उपचारका लागि जिल्ला अस्पतालबाट नेपालगञ्ज रिफर गरिएको छ । घाइते मध्ये ढकारी गाउँपालिका–६ का पार्वती स’र्जी र वडा नम्बर ३ का राम नेपालीको अवस्था चिन्ताजक अवस्थामा रहेको बताइएको छ । से १ ज ९१० नम्बरको जीपमा सवार रहेका ढकारी गाउँपालिका–३ का राम नेपाली र वडा नम्बर ६ का पार्वती सुर्जीको अवस्था चिन्ताजक अवस्थामा रहेको छ ।
यस्तै घाइतेहरुमा ढकारी गाउँपालिका–३ का पारु नेपाली, धनसरा नेपाली, उज्जले नेपाली (बालक) र पहराम बुढा, वडा नम्बर १ का लली नेपाली (चालक) र तपेन्द्र बुढा घाइते भएका छन् । यस्तै ढकारी गाउँपालिका–६ पार्वती सुर्जी र टिका सुर्जी, साँफेबगर नगरपालिकाका मुकेश सुनार, कमलबजार नगरपालिकाका पार्वती गुरुङ, कैलाली बौनियाका खगेन्द्र सुनार र पारस सुनार घाइते भएका हुन् । रोजगारीको लागि परिवारसहित भारत जान आएका मृतक नेपालीका श्रीमती, एक छोरा र एक छोरीको उपचार भइरहेको छ ।
तीव्र गतिका कारण अगाडि गइरहेको जीपसंग ठोकिएपछि सडकभन्दा दुईसय मिटरभन्दा तल खसेको अछाम प्रहरी प्रमुख डिएसपी दीपक भारतीको भनाइ छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको डिएसपी भारतीको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?