logo
२०७६ चैत्र २० बिहीवार
दसगजामा अलपत्र १८१ नेपालीकाे उद्धार गरी क्वारेन्टाइनमा राखियो
चैत्र २०, २०७६ बिहीबार

नेपाल–भारत सिमानाको जमुनाह नाकाको दसगजा क्षेत्रमा तीन दिनदेखि अलपत्र परेका १ सय ८१ जना नेपालीको बिहीबार उद्धार गरेर नेपालकै क्वारेन्टाइनमा राखिएको छ । दशगजासँगै जोडिएको नेपालतर्फको निर्माणाधिन एकिकृत भन्सार चेकपोष्टको खाली जग्गामा नेपाली सेनाले ४५ वटा टेन्टसहितको अस्थायी क्वारेन्टाइन बनाएपछि सोही ठाउँमा ती नेपालीहरुलाई राखिएको हो । कोरोना संक्रमणलाई रोक्न नेपाल र भारतमा लक डाउन भएको र नाका समेत ठप्प भएको...