logo
२०८१ बैशाख ८ शनिवार



अहम् त्यागौँ, संयमी बनौँ

विचार/दृष्टिकोण |




डा. अतीन्द्र दाहाल

विश्व त्राहिमाम् बनाएको कोरोना सङ्कटको दोस्रो चरण नेपालमा पनि सुरु भएको छ । केवल विदेशबाट आएकाहरूमा मात्र सङ्क्रमण देखिएकोमा अघिल्लो हप्ता एक स्थानीयमा समेत सङ्क्रमण पुष्टि भयो । यद्यपि हालसम्म उच्च सङ्ख्यामा सङ्क्रमण भएको, महामारीको रूपमा पैmलिएको र कसैको ज्यानै गएको स्थिति छैन । विपत्को गति यत्तिमै रोकिए त राम्रो तर नरोकिन पनि सक्छ । यस्ता विपत् र असहज परिस्थितिले अलौकिक नागरिक सहकार्य र समर्थनको आधार बनाउँछ । राजनीति, धर्म, पेशा, ओहोदा अनि धनसम्पत्ति जस्ता मानवनिर्मित कुराहरूले आम मानवबीच असमानता, असहयोग र खाडल पैदा गर्छ । शोधार्थीद्वय अविनाश देसौसा र अमरेश श्रीवास्तवको संयुक्त शोधलेख ‘रेजिलियन्स अमोङ पिपुल हु फेस नेचुरल डिजास्टर’ (सन् २०१७) अनुसार प्राकृतिक विपत् अनि यसखालका सङ्कटोन्मुख अवस्थामा मानवताको अनुपम र एकीकृत उभार देखिन्छ । भूकम्प, नाकाबन्दी, नक्साक्रमणपछि अहिलेको सङ्कटमा पनि आम नागरिकबाट नेपाल सरकारलाई बलियो साथ प्राप्त छ । नागरिक स्वयंबीच निकै उच्चस्तरको संयमता अपनाइएको छ र त्यसलाई अझ बलियो गर्न‘पर्छ । यद्यपि केही मानिसलाई भने सङ्कटको समयलाई आधार बनाएर सरकारलाई गाली गर्ने मौका मिलेको जस्तो लागेकाले बेमैसमी विरोधका छिटफुट दृश्यसमेत देखिए ।
बेमौसमी विरोध
सरकार असफल भएकाले प्रधानमन्त्रीले राजीनामा दिएर संयुक्त सरकार बनाउनुपर्छ भन्ने धारणासमेत व्यक्त भएका समाचार सामाजिक सञ्जालमा पैmलिए । मध्यावधि निर्वाचन गर्नुपर्ने अभिव्यक्ति पनि सार्वजनिक भए, केही ती पढेर रमाए । यद्यपि हामीकहाँ सामाजिक सञ्जालमाथिका अनुगमन तथा नियमनमा आवश्यकताभन्दा अधिक उदारता र निःसन्देहताको अवस्था छ । त्यसैले ती सबै सही र वास्तविक अवधारणा थिए कि थिएनन्, समाचारमा आउँदासम्म तोडमोड भयो कि भएन भन्ने पक्ष अनुसन्धानको विषय होला । यद्यपि अबको प्रमुख सूचना संयन्त्र सामाजिक सञ्जाल नै हो । डेभ केरपनको पुस्तक ‘लाइकेवल सोसल मेडिया’ ले भन्छ ९० प्रतिशत मानिसलाई समाचार तथा सूचनाको मुख्य स्रोत सामाजिक सञ्जाल हो । नेपालमा झन्डै ७० प्रतिशत नागरिकबाट उक्त सञ्जाल प्रयोग भएको देखिन्छ । तसर्थ त्यहाँ आएका अवधारणालाई पूर्ण बेवास्ता गर्न भने सकिँदैन ।
खरिद प्रक्रिया अथवा चिकित्सकीय सामग्रीको आपूर्तिमा पनि केही प्रश्न आए । सामान महँगो पर्न गएको भनेर व्यापक आलोचना पोखियो । बजारको सिद्धान्तले पनि भन्छ जब बस्तु तथा सामग्रीको माग अत्यधिक हुन्छ र सो तहको अनवरत आपूर्ति हँुदैन, वस्तुको मूल्य बढ्छ । परिणाममुखी कामका लागि विषम अवस्थामा प्रक्रियाभन्दा पूर्वीय दार्शनिक मनुबाट विभिन्न कृतिमा उल्लेखित आवश्यकताको सिद्धान्त पनि अवलम्बन गर्नुपरेको होला । महामारी मौसमी हुने भएकाले खासै विशेष औषधोपचारको प्रक्रियासमेत नभएको देखिन्छ । सामान्य लक्षण हुने भएकाले प्रकोपको रूपमा नआउन्जेल विशेष चासो तथा सतर्कता अवलम्बन हँुदैन तर छिट्टै पैmलिने कारण एकैपटक समाज आतङ्कित भएपछि सामान्य कार्यसम्पादनले नियन्त्रण गर्न सकिँदैन । यस्तो असामान्य अवस्थामा नीतिभन्दा नियतलाई ध्यानमा राखेर काम गर्नुपर्छ । मध्यकालीन पश्चिमा दार्शनिक मेकियावेलीले ‘प्रिन्स’ नामक पुस्तकमा राज्य सञ्चालनार्थ शासकलाई सुझाव दिने क्रममा प्रक्रियाभन्दा उद्देश्य महान् हुनुपर्छ भन्नुभएको छ । मनुको ‘राजधर्म’ तथा गौतम बुद्धको ‘धम्म’मा पनि यस्ता अवधारणा छन् ।
यस्ता विपत् पूर्वानुमान गर्न नसकिने भएकाले सरकारको मात्र तत्परताले प्रतिरक्षा सम्भव हँुदैन । विश्वका विकसित र सक्षम भनिएका देशहरू हायलकायल भएको परिदृश्यबाट समेत शिक्षा लिनुपर्छ । साँच्चै नियतवश कसैबाट गलत भएको रहेछ भने परिस्थिति सामान्य भएपछि त्यसमा छानबिन गरेर सजाय दिनुपर्छ तर अहिल्यै सरकारलाई कटाक्ष गर्ने र अनावश्यक अहम् देखाउने समय हैन । निःशर्त रूपमा सकेको सहयोग हरेक दल, त्यसका सदस्य तथा सबैले गर्नुपर्छ । सङ्खुवासभाको खाँदबारी नगरपालिकामा सत्ता र प्रतिपक्ष दुवै दलका नेताहरू एउटै समूहमार्पmत सङ्कट व्यवस्थापनमा खटिरहेकोे समाचारमाथि राम्रा प्रतिक्रिया देखिएका छन् । नेतृत्वबाट सहयोगको दायित्वसँगै आम नागरिकमा संयमको जिम्मेवारी महसुस हुनुपर्छ ।
नागरिक संयम
यस्ता विषाणुजन्य महामारी अवैज्ञानिक तथा अस्वस्थ जीवन व्यवहारबाट बढी पैmलिने भएकाले आम नागरिक आफैँ सचेत रहनुपर्छ । सरसफाइ, स्वस्थ आहारविहार, सन्तुलित जीवनयापन, रोग प्रतिरोधात्मक क्षमताको अभिवृद्धि अनि शारीरिक तथा मानसिक तन्दुरुस्तीमा विशेष ध्यान दिनुपर्छ । हरेक अस्वस्थताको पहिलो चिकित्सक र सरकारको सार्वभौम अख्तियारयुक्त प्रारम्भिक एकाइ स्वयं नागरिक हो । लागेको रोग निर्मूलनको सीप तथा कौशल त हरेक सामान्य नागरिकसँग नहोला तर रोग लाग्नै नदिने सामथ्र्य राख्न भने हरेक नागरिक उत्तिकै निपुण हुनसकिन्छ ।
टोलछिमेकमा कोरोना सङ्क्रमणसँग मिल्दाजुल्दा लक्षण भएका मानिसको तथ्याङ्क राख्ने, उनीहरूलाई परीक्षणका लागि अनुरोध गर्ने काम अब नागरिकबाट हुनु जरुरी छ । लक्षण देखिएका मानिस स्वयं आइसोलेसन तथा क्वारेन्टाइनमा बसेर आपूmलाई र समाजलाई सहयोग गर्न तत्पर हुनुपर्छ । सामन्य औषधोपचार गर्ने, सरकार तथा स्वास्थ्य मन्त्रालयबाट गरिएका अनुरोधलाई स्वःस्फूर्त र नियमित अनुपालन गर्ने काम मैले गरेमा म तथा समाजलगायत पूरै देश सुरक्षित रहन्छ भन्ने सोच्नुपर्छ । सङ्क्रमण नियन्त्रणबाहिर गएपछि इटालीमा वयोवृद्ध समूहले भेन्टिलेटर प्रयोग गर्न अस्वीकार गर्दै ती भेन्टिलेटर युवा बिरामीलाई लगाउन भनेको समाचारहरू सुनिए । यस्तो अवस्था अरूलाई जोगाउन मानिसले कुन हदसम्मको महानता देखाउनुपर्छ भन्ने ज्वलन्त उदाहरण हो । हामी पनि हरेक कुरामा सरकारलाई दोष दिएर आपूmचाहिँ अनुत्तरदायी व्यवहार गर्न बढी रमाइलो मान्ने स्वभाव नदेखाउँ ।
यो त्यति उच्चस्तरको प्राणघातक रोग नभएको भनिएको छ । त्यसैले हतोत्साही नहुने, उच्च मनोबल कायम गर्ने, सबैलाई उत्साहित गर्ने सबैको सामूहिक तथा सतर्क प्रयासबाट हामी यो महामारीलाई जित्नेछाँै भन्ने सन्देश सम्पे्रषण गरौँ । अत्यन्तै आवश्यक नभएमा स्थानीय प्रतिनिधिसँग राहतका लागि हारगुहार नगरौँ, राहतलाई विकृत नबनाऔँ, प्रतिनिधिले समेत वितरित राहतलाई अतिरञ्जित प्रचार नगरौँ ।
यो समय स्थानीय सरकारले व्यापक सक्रियता देखाउने समय हो जसका लागि आमनागरिकको नजिकको सहयोग आवश्यक पर्दछ । विशेष गरेर विदेशबाट फर्किएका नागरिकमा यो सङ्क्रमण देखिएकाले हालसालै त्यसरी फर्किएकाहरूको सूचना सङ्कलन गर्ने काम नागरिकको सहयोगविना सम्भव हँुदैन । देशमा एउटा सङ्घीय, सात प्रदेश र ७५३ स्थानीय सरकार छन् । लगभग १५ हजारको हाराहारीमा डाक्टर तथा अन्य २० हजार हाराहारीमा चिकित्सकीय जनशक्ति होला । तर कथम् महामारी भए न त त्यो जनशक्ति पर्याप्त हुन्छ न त त्यस अनुसारको उपचारसामग्री हामीसँग उपलब्ध छ । सरकार, डाक्टर र अन्य जनशक्तिभन्दा नागरिकको सङ्ख्या ठुलो छ । हरेक सकारात्मक सवालमा जसको ठूलो समूह छ उसले ठूलै योगदान गर्नुपर्छ । अरूलाई दोष लगाउन र झगडा गर्न पनि पहिले बाँच्नु त पर्छ ।
सरकारलाई नमानेको देखाउन, नागरिक अधिकारको विकृतरूपको प्रयोग गर्न मनमौजी नगरौँ । पूर्वीय ज्ञाता कौटिल्यका पुस्तकहरूमा भनिएको छ– मानवअधिकार विकासका लागि मात्र प्रयोग गर्न पाइन्छ, विनाशका लागि किञ्चित् हुनसक्दैन । समाजमा हैसियत र समन्वय प्रमाणित गर्न नै अनावश्यक आवागमन गर्ने, पास खोज्ने, विभिन्न बहानाबाजीमा घरबाहिर निस्कने जस्ता काम आफैँमा हानिकारक हुन् । अहिले सबैले संयम अपनाऔँ । आफू जोगिन खोज्नु भनेको अरूलाई पनि जोगाउनु हो । केवल नेतृत्वलाई मात्र दोष लगाएर पन्छिन सकिँदैन, खराब समाजले खराब नै नेतृत्व निर्माण गर्छ । नागरिक चरित्र प्रमुख पक्ष हो । प्रजा मोटा भया दरबार बलियो रहन्छ भन्ने उक्ति त्यसै चलेको हैन । नागरिक पनि सहनशील, धीर, सहृदयी र सहयोगी भएमात्र सरकारले अपेक्षित कदम लिनसक्छ ।
(लेखक प्राध्यापन गर्नुहुन्छ ।)
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?