logo
२०८१ बैशाख ७ शुक्रवार



नेकपा भित्र सहमतिको सम्भावना छ - मुख्यमन्त्री पोख्रेल

खुला |


नेकपा भित्र सहमतिको सम्भावना छ - मुख्यमन्त्री पोख्रेल
कपिलवस्तुको बुद्धभूमिमा आयोजित भेलामा सम्बोधन गर्दै लुम्बिनी



जानु पाण्डे
कपिलवस्तु, पुस १४ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा नेता शंकर पोख्रेलले नेकपा भित्र सहमतिको सम्भावना रहेको बताउनुभएको छ । मंगलबार कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९, बुद्धभूमि क्याम्पसमा आयोजित भेलालाई सम्बोधन गर्दै दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेसको गरेको दस्ताबेजका कारण पार्टी फुटको संघारमा आएको बताउनुभयो । हामीले कसैलाई कारबाही गरेका छैनौं । त्यसै हामी विभाजनको पक्षमा छैनौं । उहाँहरुले प्रधानमन्त्रीलाई गरेको आरोपपत्र फिर्ता लिने र चुनावमा भाग लिन मन्जुर गर्ने हो भने फेरि सँगै हिँड्न सक्ने अवस्था आउने दाबी गर्नुभयो । उहाँले नेकपा प्रचण्ड–माधव पक्षलाई विभाजनका गतिविधि बन्द गरी एकताका पक्षमा लाग्न समेत आग्रह गर्नुभएको थियो ।
मुख्यमन्त्री पोख्रेलले संसद विघटन अघि प्रचण्डसँग सहमतिका लागि प्रयास गरेको समेत बताउनुभयो । उहाँ सँग सहमतिका लागि तीन विकल्प प्रस्तुत गरेका थियौं । कुनै विकल्पमा मान्नुभएन । पहिला विकल्पको रुपमा दुबै बीच सहमति गरी अधिवेशन गरी प्रथम अध्यक्षलाई बिदा गराई, पाँच वर्ष सरकार चलाउन दिने रहेको थियो । दोस्रो विकल्पमा अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउनका लागि चुनावी सरकारले नेतृत्व लिन तयार भएर बस्न आग्रह गरिएको थियो । अन्तिम विकल्पको रुपमा तेस्रो व्यक्ति प्रधानमन्त्री बनाउनका लागि नेता वामदेव गौतमलाई अगाडि सार्ने र त्यसका लागि नेता गौतमलाई चुनावमा पठाउन अनुरोध गरेको बताउनुभयो । उहाँले तीन विकल्प नमानी बाहिरबाट प्रस्ताव ल्याउने कोसिस गर्दा नेकपा भित्र संकट आएको भन्नुभयो ।
मुख्यमन्त्री पोख्रेलले जारी आन्दोलन प्रति इंगित गर्दै देशमा जारी भएको आन्दोलन, आन्दोलन नभई चुनावको तयारी रहेको संज्ञा दिनुभयो । सुरुमा आन्दोलन काठमाडौं केन्द्रित भयो । अहिले जिल्लामा आई पुगेको छ । अब केही समय पछि गाउँमा पुग्छ । आन्दोलन गाउँमा पुग्ने भनेको भोट माग्न जाने हो । तपार्इं भ्रममा नपर्नुहोस् आन्दोलनकारी चुनावमा जानका लागि गाउँमा पुगेका बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेकपा केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सदस्य विमला घिमिरेले नेकपा एक ढिक्का रहेर अगाडि बढेको बताउनुभयो । नेकपाका कार्यकर्ता यता र उता भनेर विभाजन गरेका छैनांै । केही साथीहरु सडकमा विरोध गर्न जानुभएको छ । विरोध गर्न जाने साथी जनताका लागि नभएर पदको लागि विरोध गरेको बताउनुभयो ।
कपिलवस्तुको बुद्धभूमिमा आयोजित भेलामा सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल । तस्बिर – जानु पाण्डे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?