logo
२०८१ बैशाख ७ शुक्रवार



कोराेना सङ्क्रमितकाे उपचारमा संलग्न डाक्टरलाई सङ्क्रमण

खुला |


कोराेना सङ्क्रमितकाे  उपचारमा संलग्न डाक्टरलाई सङ्क्रमण


अर्जुन काफ्ले

स्याङ्जा, साउन ५ गते । कोरोना सङ्क्रमितको सङ्ख्या दिनदिनै बढिरहँदा उपचारमा संलग्न एक डाक्टरमा नै कोरोना सङ्क्रमण देखिएको छ ।
गल्याङ अस्पतालको उपचारमा खटिएका एक ३२ वर्षीय डाक्टरमा कोरोना भाइरसको सङक्र्मण भेटिएको हो ।

असार २ गते आइसोलेसन बनाएसँगै उपचारमा खटिनुभएका डाक्टरमा नै काेराेना सङ्क्रमण भएकाे हाे । उहाँले ५१ जना सङ्क्रमितको उपचार गर्नुभएको थियो ।

आइसोलेसनमा रहेका अन्तिम दुई जना सङ्क्रमितसँगै काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी गरी ३२ जनाको स्वाब लिइएकोमा एक डाक्टरमा मात्र कोरोना पोजिटिभ देखिएको हो । डाक्टर पोजिटिभ देखिएपछि अस्पताल सिल गरिएको छ भने सङ्क्रमित डाक्टर भने सोही अस्पतालको आइसोलेसनमा बस्नुभएको छ ।

डाक्टरसँगै स्याङ्जामा कोरोना सङ्क्रमितको सङ्ख्या १९८ जना पुगेको छ भने १८३ जना निको भएर घर फर्केका छन् । कोरोना भाइरसका कारण दुई जनाको निधन भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?