logo
२०८१ बैशाख ५ बुधवार



उद्धारका लागि गएको नेपाली सेनाको गाडी दुर्घटना, तीन घाइते

खुला |


उद्धारका लागि गएको नेपाली सेनाको गाडी दुर्घटना, तीन घाइते


शैलेन्द्र रोकाया
बझाङ, असार २० गते । बझाङको केदारस्यूँ गाउँपालिकामा पहिरोमा परेर पुरेकाहरूको उद्धारका लागि गएको नेपाली सेनाको गाडी दुर्घटना भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।
घाइते तीनै जनाको देऊलेक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । केदारस्यूँ गाउँपालिकाको वडा नं ४ बाघ खोलानजिक गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रवक्ता लोकेन्द्रसिंह कार्कीले जानकारी दिनुभएको छ ।
बझाङको केदारस्यूँ गाउँपालिका-८ मल्लेसमा पहिरो जाँदा चार परिवारका सात जना बेपत्ता भएका छन् । बेपत्तामध्ये चारजनाको शव फेला परेको छ ।
उपसेनानी शिव श्रेष्ठसहितको १५ जना नेपाली सेना चढेको से १ ज ७७७ नम्बरको गाडी घटनास्थलबाट करिब २५ किलोमिटर टाढा सडकमा पल्टेको हो । बझाङकै बुङ्गल नगरपालिकामा निर्माणाधीन कालङ्गा जलविद्युत आयोजनाको सुरक्षार्थ खटिएको नेपाली सेनाको टोली पहिरो गएपछि उद्धारका लागि घटनास्थलतर्फ प्रस्थान गरेको थियो । जलविद्युत आयोजनाको सुरक्षाका लागि सङ्ग्रामसिंह गुल्मका सेना खटिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?