logo
२०८१ बैशाख ८ शनिवार



सीमामा रहेका नेपालीलाई गाँसबाँसको समस्या

खुला |


सीमामा रहेका नेपालीलाई गाँसबाँसको समस्या


लोकेन्द्र जोशी

दार्चुला, चैत १९ गते । भारतको धारचुलामा रोकिएका ५ सय नेपालीलाई क्वारेन्टाइनमा राखिएपनि खानबस्न समस्या भएको पुर्चौडी नगरपालिकाका डम्बर महराले गुनासो गर्नुभयो ।

राजकीय इन्टरकलेज जौलजिबीमा मात्रै ३५० जना नेपालीलाई राखिएको बताउँदै उत्तम बोहराले भन्नुभयो, सुत्नका लागि कपडा र समयमा खाना पाइएको छैन् ।

मानिसहरुबिचको दुरी समेत कायम नभएकोले कोरोनाको त्रासमा बाच्नुपरेको उनिहरुको दुखेसो छ ।

महाकाली नदीबाट रातीको समयमा स्वास्थ्य परीक्षण नगरेरै ठूलो संख्यामा मानिसहरु दार्चुला भित्रिरहेका छन् ।

देश बाहिरबाट आएका अधिकासं मानिसहरु स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा नबसी गाउँघरमा घुमिरहेकोले कोरोनाको त्रास बढ्दै गएको छ ।

अहिलेसम्म भारतबाट हजारौँको संख्यामा मानिसहरु गाउँ भित्रिएपनि अढाइ सय जना मात्रै विभिन्न स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा बसेका छन् ।

यसैबिच भारतको मदकोटमा मजदुरी गर्न गएका मार्मा गाउँपालिका–२ का ४२ वर्षीय अगबरसिह ठगुन्नाको घरफर्किने क्रममा झोलुङ्गे पुलबाट खसेर मृत्यु भएको छ ।

मृतकका आफन्तले सब नेपाल ल्याउन समस्या भएकोले पहल गरिदिन सरकारसंग आग्रह गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?