logo
२०८१ बैशाख १२ बुधवार



स्वास्थ्यकर्मीलाई डेराबाट निकाल्ने वडा सचिव पक्राउ 

खुला |


स्वास्थ्यकर्मीलाई डेराबाट निकाल्ने वडा सचिव पक्राउ 


   
घोराही, चैत १८ गते । घोराहीको बुद्ध इन्टरनेशनल अस्पतालमा कार्यरत एक स्टाफ नर्सलाई घरबाट निकालेको आरोपमा एक सरकारी कर्मचारीलाई पक्राउ गरिएको छ ।

केही दिन पहिले कोरोना संक्रमण हुन सक्ने भन्दै घोराहीमा डेरा गरी बस्दैआएकी एक स्टाफ नर्सलाई डेराबाट निकाल्ने घोराही

उपमहानगरपालिका २ का वडा सचिव नारायण आचार्यलाई आज जिल्ला प्रशासन कार्यालय दाङले पक्राउ गरेको हो ।    

स्टाफ नर्स सिर्जना खड्कालाई उहाँका घरबेटी आचार्यले कोरोना संक्रमण हुन सक्ने भन्दै डेराबाट निकालेपपछि उनलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिनुभयो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?