logo
२०८१ बैशाख १३ बिहीवार



टिपरको ठक्करबाट युवकको मृत्यु

खुला |


टिपरको ठक्करबाट युवकको मृत्यु


सर्लाही समाचारदाता
सर्लाही, चैत ५ गते । सर्लाहीको कविलासी नगरपालिका–६, जमुनियामा टिपरको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।

जिल्लाको कौडेना गाउँपालिका–३, का २५ वर्षीय जयपाल रामको टिपरको ठक्करबाट मृत्यु भएको हो । मङ्गलवार दिउँसो बा ४ ख २०८३ नं. को टिपरले ठक्कर दिँदा गम्भीर घाईते भएका रामको उपचारका क्रममा मङ्गलवार राती नै नेपाल इन्डो अस्पताल वीरगञ्जमा मृत्यु भएको प्रहरी चौकी कविलासीले जनाएको छ ।

बीआर ५५ बीचको अल्फाबेट स्ष्ट नरहेको ९२५६ नं. को मोटरसाइकलका चालक राम टिपरको ठक्करबाट गम्भीर घाईते भएपछि जिल्ला अस्पताल मलङ्गवामा प्राथमिक उपचार गरी थप उपचारका लागि वीरगञ्ज पु¥याइएको थियो । दुर्घटनामा संलग्न टिपर र त्यसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?