भाग्यले बाँचेकाहरु’बाट एमाले नेता भावुक

Documentary-Show-Balkhu-Sujita-Sakya-01काठमाडौँ । भूकम्पमा परेर आश्चार्यजनक ढङ्गले बाँचेकाहरुको कथा समेटेर निर्माण गरिएको ‘भाग्यले बाँचेकाहरु’ वृत्तचित्र आज विशेष प्रदर्शनी गरिएको छ । नेकपा (एमाले) केन्द्रीय कार्यालय मदननगरमा गरिएको प्रदर्शनीमा वृत्तचित्र हेर्ने सबै नेता भावुक बनेका थिए । एमाले केन्द्रीय कमिटीको जारी बैठककै अवसर पारेर पार्टी मुख्यालयमा प्रदर्शनी गरिएको उक्त वृत्तचित्र हेरेपछि एमाले महासचिव ईश्वर पोखरेलले भावुक हुँदै भन्नुभयो, “डकुमेन्ट्रीका कतिपय दृश्यले मन नै भावुक बनायो, यो निकै उत्कृष्ट छ ।”

वृत्तचित्रमार्फत नेपाली युवा र सुरक्षा निकायले गरेको यस्तो कामको खबर विश्वभर फैलने महासचिव पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले धेरै काम गर्दागर्दै पनि अभिलेख राख्ने कुरामा चुकेका हुन्छौँ, डकुमेन्ट्रीका निर्देशक गणेश पाण्डेले नेपालको इतिहास बचाउने काम गर्नुभएको छ ।”  shankar

वृत्तचित्र हेरिसकेपछि अर्का नेता प्रदीपकुमार ज्ञवालीले कृति उत्कृष्ट रहेको बताउँदै यसले भूकम्पको विपत्तिलाई नबिर्सी पूर्वतयारीमा लाग्न सचेत गराउने बताउनुभयो । वृत्तचित्रमा मानिसको जीवनलाई सजीव ढङ्गले उतारिएको उल्लेख गर्दै ज्ञवालीले भने, “मलाई एउटा खुट्टा गुमाएकी प्रिया विकको कथाले सुरुमै छोयो, डकुमेन्ट्रीमा कारुणिक वेदनालाई पनि उतारिएको छ, राम्रो बनेको छ ।”

एमाले सचिव पृथ्वीसुब्बा गुरुङ, प्रचार तथा प्रकाशन विभाग प्रमुख योगेश भट्टराई, स्थायी समिति सदस्य शङ्कर पोखरेल, पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ, नेता विष्णु रिमाल, अरुण नेपाल तथा केन्द्रीय सदस्य सूर्य थापा, ठाकुर गैरे, गोविन्द नेपालीलगायतले प्रदर्शनी निर्माणको प्रशंसा गर्नुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना