सुक्खा बन्दरगाहलाई अझै व्यवस्थित बनाउन सरकार लागिपरेको छ–मन्त्री थापा

Sunil-Bahadur-Thapaवीरगन्ज (पर्सा), पुस ७ गते । वाणिज्य तथा आपूर्तिमन्त्री सुनिल थापाले वीरगन्जस्थित सुक्खा बन्दरगाहलाई अझ व्यवस्थित बनाउनेतर्फ सरकार आवश्यक गृहकार्यमा लागेको बताउनुभएको छ । 

वीरगन्ज उद्योग वाणिज्य सङ्घले उहाँको स्वागत तथा सम्मानमा आइतबार यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले सुक्खा बन्दरगाह नेपालकै गर्व भएका कारण यसको संरक्षणको दायित्व पनि सबैको भएको बताउनुभयो ।
मन्त्री थापाले समयमा नै संविधान आएको खण्डमा मात्रै मुलुकमा आर्थिक परिवर्तन हुने भएका कारण माघ ८ मा संविधान निर्माणमा उद्योगी–व्यवसायीले पनि सघाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष प्रदीप केडियाले यस क्षेत्रमा देखिएको औद्योगिक समस्याको विषयमा मन्त्री थापालाई जानकारी गराउनुभएको थियो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना