भारतीय पूर्वराष्ट्रपति डा. कलामकाे निधन

kaसिलोन, साउन ११ गते । भारतीय पूर्व राष्ट्रपति डा. एपीजे अब्दुल कलामको उपचारका क्रममा मेघालयस्थित बेथानी अस्पतालमा सोमबार निधन भएको छ ।

उहाँ ८३ वर्षको हुनुहुन्थ्यो । 

सिलोनको ‘इन्डियन इन्स्टिच्यूत अफ म्यानेजमेन्ट’ नामक एक क्याम्पसमा प्रवचन दिने क्रममा उहाँ अकस्मात बेहोस भई ढल्नुभएको थियो ।

प्रवचन दिने क्रममा बेहोस भएपछि उहाँलाई अस्पताल लगिएको थियो । 

डा. कलाम भारतको राष्ट्रपतिको रुपमा सन् २००२ देखि २००७ सम्म सो पदमा रही कार्यभार सम्हाल्नुभएको थियो ।

उहाँको जन्म दक्षिण भारतको रामेश्वरम्मा सन् १९३१ अक्टुबर १५ मा एउटा माझी परिवारमा भएको थियो । 

उहाँलाई भारतका ‘मिसाइल म्यान’ का रुपमा पनि चिनिन्थ्यो ।

भारत सरकारले उहाँको निधनमा एक हप्ताको राष्ट्रिय शोकको घोषणा गरेको छ ।

यसैबीच भारतीय गृहमन्त्री राजनाथ सिंहले ट्वीट गर्दै भन्नुभएको छ – भारतका पूर्व राष्ट्रपति डा. एपीजे अब्दुल कलामको आकस्मिक निधनले म साह्रै दुखित छु । उहाँ सिङ्गो पुस्ताका लागि एक प्रेरणा हुनुहुन्थ्यो । रासस÷पीटीआई 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना