पश्चिमी सीमा नाका गड्डाचौकीबाट चार महिलासहित पाँचको उद्धार

कञ्चनपुर, साउन ८ गते । रोजगारीको प्रलोभनमा पारी भारतको नयाँ दिल्लीतर्फ लैजाँदै गरेका चार महिलासहित पाँचजनाको बिहीबार पश्चिमी सीमा नाका गड्डाचौकीबाट उद्धार गरिएको छ । माइती नेपालको सहयोगमा भूकम्प प्रभावित जिल्ला सिन्धुपाल्चोककी ३७ वर्षीया पासाङ लामा, ३८ वर्षीया निमा शेर्पा, ३२ वर्षीया सविता तामाङ, खोटाङकी ४१ वर्षीया उमा तामाङ र १८ वर्षीय अशोक राईको उद्धार गरिएको हो ।

पाँचैजनालाई इराकमा रोजगारी लगाई दिने भन्दै दलालले काठमाडाँै हँुदै यहाँसम्म पु¥याएकोे र उद्धार गरिएका पाँचैजनालाई परिवारको जिम्मा लगाइने माइती नेपालकी कञ्चनपुर संयोजक महेश्वरी भट्टले बताउनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना