सहमति बेगर माघ ८ मा सविधान नबन्ने–नेम्वगं

Subash Newang
काठमाडौँ, पुस ६ गते । सभामुख सुवासचन्द्र नेम्वाङले दलहरुबीचको सहमति बेगर आगामी माघ ८ गते संविधान नबन्ने बताउनुभएको छ ।
प्रारम्भिक बालविकासका लागि सभासद्हरुको सहकार्य समन्वय समूह (ईसीडी ककस) र सेतो गुराँस राष्ट्रिय बालविकास सेवाले आइतबार आयोजना गरेको परामर्श गोष्ठीलाई सम्बोधन गर्ने क्रममा उहाँले दलहरुको क्रियाकलापप्रति असन्तुष्टी व्यक्त गर्दै भन्नुभयो, “दलका नेताहरु विषयमा सहमति गर्नुहुन्न तर संविधान बनाउँछौँ भन्नुहुन्छ, सहमति नगरे कसरी संविधान बन्छ ?”
उहाँले दलका नेताहरुले दुई घण्टाभित्र विषयमा सहमति गर्छाैँ भन्ने गरे पनि त्यस्तो अवस्था अझैसम्म नभएको बताउँदै अब जनताले सहमति हुन नसक्नुका बारेमा दलका नेताहरुलाई सोध्नुपर्ने बेला आइसकेको बताउनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना