राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ, साउन ७ गते । राष्ट्रपति डा. रामवरण यादवसमक्ष नेपालका लागि तीन गैर आवासीय राजदूतले बिहीबार अपराह्न राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा आ–आफ्ना ओहोदाका प्रमाणपत्र प्रस्तुत गर्नुभयो ।

राष्ट्रपतिसमक्ष जोर्डन, जर्जिया र भियतनामका राजदूत क्रमशः हसन महमुद अल जवारमेह हसेमिते, लेभन निजारादद्जे र तोन सिन तान्हले ओहोदाको प्रमणपत्र प्रस्तुत गर्नुभएको हो । 

सो अवसरमा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे तथा राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो । रासस 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना