उपचारका लागि आदित्य अमेरिकातर्फ

adi
काठमाडौं, साउन ७ गते । गुगल व्वाईका नामले परिचित आदित्य दाहाल उपचारको लागि विहीवार अमेरिका प्रस्थान गरेका छन् ।
उहाँको क्यालिफोर्निया स्थित स्टेनफोर्ड अस्पतालमा उपचार हुने भएको छ । बोल्न र हिड्न नसक्ने उहाँको स्वदेशमा उपचार हुन नसकेपछि सरकारले यसअधि नै विदेशी अस्पतालमा उपचारका लागि आर्थिक सहयोग गरेको थियो ।
‘वाल गुरु आदित्य संरक्षण प्रतिष्ठानका’ सदस्यसचिव लक्ष्मी प्रसाईका अनुसार उहाँको उपचारको लागि अस्पतालले आगामी २७ तारिखको समय दिएको छ ।
आदित्यको साथमा उनका वुवा शेषराज दाहाल र आमा जानुभएको छ । गत असार ८ गतेदेखि आफ्नो स्वास्थ्य सुधार हुँदै जाने घोषणा गर्नुभएका आदित्यको स्वास्थ्य अवस्था पहिलाको भन्दा सुधार हुँदै गएको पारिवारिक स्रोतको दावी छ । भूत ,भविष्य र वर्तमानको बारेमा लेखेर सबैलाई आश्चर्यमा पारेका आदित्यले नेपाली सञ्चार माध्यममा पनि धेरै चर्चा पाएका छन् । उनको अद्भूत क्षमता देखेपछि सरकारले उनको संरक्षण गर्नुपर्ने बताउँदै २५ लाख रुपियाँ उपलव्ध गराएको थियो ।
पाँच बर्षीय आदित्य दुई बर्षको उमेरसम्म हिड्ने, वोल्ने तथा अन्य सामान्य वालकको जस्तै स्वभावका भए पनि उनमा अलौकिक शक्ति देखिन थालेपछि क्रमशः नवोल्ने र हिड्न नसक्ने भएको प्रतिष्ठानले जनाएको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना