‘बाहुबली ’ गिनिज बुक अफ वल्र्डमा

CKhJqBrWwAAe7wY
काठमाडौं । एक पछि अर्को कीर्तिमानहरु तोड्दै गएको भारतीय चलचित्र ‘ बाहुबली’ ले फेरि अर्को कीर्तिमान राखेको छ । समाचार अनुसार ‘ बाहुबली’ ले पछिल्लो कीर्तिमान संसारकै सबैभन्दा ठूलो चलचित्र पोष्टर बनाएर राखेको छ । यस अनुसार ‘ बाहुबली’ को पोष्टरलाई संसारकै सबैभन्दा ठूलो पोष्टर मानिएको छ जसलाई गिनिज बुक अफ वल्र्डले पनि अनुमानेदन गरिसकेको छ ।
यस सम्बन्धमा घोषणा गर्दै गिनिज बुक अफ वल्र्डले यस चलचित्रको ५१५९८.२१ वर्ग फीटको पोष्टरले यसअघिको सबैभन्दा ठूलो चलचित्र पोष्टर ५०६८७.२५ लाई पछाडी पारेको हो । संसारकै सबैभन्दा ठूलो पोष्टरको डिजाइनकर्ता यस चलचित्र निर्देशक स्वयं एस.एस.राजामौली नै हुन् ।
‘ बाहुबली’ को यो भीमकाय पोष्टर निर्माणमा ३० सदस्यीय टीमको तीन दिनको मेहनत रहेको पनि बताइएको छ । यो चलचित्रले १३ दिनकै अवधिमा संसारभर ३५० करोड भा.रु.को व्यापार गरिसकेको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना