इलाममा आयुर्वेद औषधालयको स्थापना

इलाम, साउन ७ गते । इलाम नगरपालिका–३ मा स्थापना गरिएको आयुर्वेद औषधालयको प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले बुधबार विधिवत् रुपमा उद्घाटन गर्नुभयो । नागरिकलाई स्वास्थ्य सेवा सहज रुपमा पु¥याउन सकियोस् भन्ने उद्देश्यका साथ स्थापना गरिएको औषधालयमा कविराज गौरीशङ्कर शाह, कास कल्पना शर्मा र गणेश श्रेष्ठलाई खटाइएको छ । 

आयुर्वेद पद्धतिबाट सबै रोगको निदान गर्न औषधालयको स्थापना गरिएको मेची अञ्चल आयुर्वेद औषधालय आइतबारेका प्रमुख डा सरोजप्रसाद विशालले बताउनुभयो । यहाँबाट हाडजोर्नी, पेटसम्बन्धी, ग्यास्ट्रिक, उच्च रक्तचाप, श्वासप्रश्वास, दमलगायत बिरामीको उपचार गरिने औषधालयले जनाएको छ ।

सो अवसरमा प्रजिअ कार्कीले नागरिकले सेवा लिन आउँदा कार्यालय बन्द भएर सेवा नपाएको गुनासो आउन नदिन तत्पर रहन औषधालयमा खटिने कर्मचारीलाई आग्रहसमेत गर्नुभयो । धेरैतिर आयुर्वेद औषधालयमा चिकित्सक, कविराजलगायत कर्मचारी नबस्ने जनगुनासो गरेको उदाहरण दिँदै उहाँले औषधालयबाट नागरिकले धेरैभन्दा धेरै सेवा लिन सकून् भन्ने कामनासमेत गर्नुभयो ।

अञ्चल आयुर्वेद प्रमुख डा विशालले पछिल्लो समय आयुर्वेदमा सर्वसाधारणको आकर्षण थपिँंदै गएकाले सरकारले देशभरि ९१ वटा शाखा विस्तार गर्ने क्रममा औषधालयको शाखा विस्तार गरिएको बताउनुभयो । जिल्लामा शाखा स्थापना भए पनि थप दरबन्दी नहुँदा समस्या सिर्जना भएको औषधालयले जनाएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना