औषधि उद्योगमा ताल्चा लगाउने घुर्की


नेपाल विश्वकै सबैभन्दा कम मोलमा औषधि बन्ने मुलुक !

 


काठमाडौं, साउन ६ गते । औषधि व्यवसायीहरुले सरकारले हालै ९६ किसिमका औषधिमा गरेको मूल्य समायोजन फिर्ता नलिए औषधि उद्योगमा ताल्चा लगाएर साँचो सरकारलाई नै बुझाउने चेतावनी दिएका छन् ।
सरकारले निर्धारण गरेको मुल्यमा औषधि बेच्ने स्थिति नभएको भन्दै व्यवसायीहरुले यदि सरकारले निर्धारण गरी समायोजना गरेको मूल्य लागू गर्नुपर्ने स्थिति आए औषधि कम्पनी बन्द गर्न बाध्य हुने बताएका छन् ।
केही औषधि लगायतका सर्जिकल सामाग्रीका मूल्यमा ठूलो अनियमितता भएको भन्दै मन्त्री परिषदले गत असार २० गते ९६ वटा औषधिको मुल्य समायोजन गरेको थियो ।
नेपाल औषधि उत्पादक संघका अध्यक्ष उमेशलाल श्रेष्ठले नेपाल विश्वमा नै सबैभन्दा कम मूल्यमा औषधि बन्ने देश भएको बताउँदै “सरकारले खुला अर्थ नीति पनि अपनाउने अनि औषधि मुल्यको निर्धारण पनि गर्न मिल्छ ? उहाँको प्रश्न थियो ।”
यता सरकारले भने औषधि उद्योगपतिहरुले भनेजस्तै उनीहरु मर्कामै परी उद्योग बन्द गर्नुपर्ने स्थिति नै आएको हो कुन–कुन औषधिमा मर्का परेको हो त्यसमा समायोजन गर्न सकिने जानकारी दिनुभयो । औषधि व्यवस्था विभागका महानिर्देशक बालकृष्ण खकुरेलले सरकारले राष्ट्रिय, अन्र्तराष्ट्रिय मान्यता अनुसार मुल्य समायोजन गरेको जानकारी दिदै औषधि उद्योगपति साँच्चिकै मर्कामा परेका हुन् भने केही औषधिमा हेर्न सकिने बताउनुभयो ।
नेपाल औषधि उत्पादक संघ (एपोन)का महासचिव दीपक दाहालले दुई रुपिँया पनि मूल्य नपर्ने पानीलाई उपभोक्तार्ले २० रुपिँया तिरिरहेको भन्दै औषधिमा मुल्य बढाउनु भनेको नेपाली औषधि बन्द गर्नु हो भन्नुभयो । उहाँले दुई रुपिँया पिठो खर्च गरेर बनाएको चाउचाउलाई १५ रुपिँया लिइरहेको भन्दै सरकारले औषधि भन्दा खाद्यान्न वस्तुलाई पनि नियन्त्रण गर्न सक्नुपर्ने बताउनुभयो ।
औषधि उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शंकर घिमिरेले सरकारले औषधिको मुल्यमा समायोजन गर्नुभन्दा गुणस्तरमा ध्यान दिनुपर्ने बताउनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना