सुषमाले छोडिन् ‘भारतीय विदेशमन्त्री ’

susama
नयाँ दिल्ली, साउन ६ गते । विगत केही दिन यतादेखि भारतीय विदेशमन्त्री सुषमा स्वराजले आफनो ट्वीटर एकाउण्टमा आफनो नामसँगै आफनो पद ‘ भारतका विदेश मन्त्री ’ हटाएकी छिन् । झण्र्डै एक हप्तादेखि उनको नामसँगै पद पनि हटाइएको छ ।
हालका दिनहरुमा इण्डियन प्रिमियर लिग ( आईपीएल ) का पूर्व कमिश्नरलाई सघाएको मुद्दामा सुषमाको निकै आलोचना भैरहेको छ । ट्वीटर एकाउण्टमा परिवर्तनलाई यसै घटनासँग जोडेर पनि हेरिंदैछ ।
सुषमाले मानवीय आधारमा ललितलाई सघाएको स्वीकार गरिसकेकी छिन् । भारतीय संसदको चालु वर्खे अधिवेशनमा विपक्षी कांग्रेस आई पार्टीले उनको राजीनामाको माग निकै जोडदारसँग उठाइरहेको छ । सुषमाको पार्टी भारतीय जनता पार्टीले भने उनको राजीनामाको विषयलाई अस्वीकार गरिसकेको छ । नभाटा

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना