पाकिस्तानमा भीषण बाढी

pa
इस्लामाबाद, साउन ६ गते । पाकिस्तानको बलुचिस्तान तथा खैबर पख्तुन्ख्वा प्रान्तका कैर्यौ गाउँहरु बाढीको डुबानमा परेपछि उत्तरी पाकिस्तानमा अझै भीषण वर्षाको अनुमान गरिएको छ ।
बाढीका कारण ती गाउँहरुमा कम्तिमा तीन जनाको मृत्यु भैसकेको र हजारौं मानिस विस्थापित भएको पाकिस्तानी संचार माध्यमले जनाएका छन् ।
हरेक जसो वर्षा याममा पाकिस्तानमा भीषण वर्षा तथा बाढीका कारण थुप्रै मानिसहरुले ज्यान गुमाउने गरेका छन् ।
खैबर पख्तुन्ख्वा प्रान्तको चित्रालमा बाढीका कारण ठूला भवनहरुलाई नराम्ररी पु–याएको छ । पाकिस्तानी पत्रिका डानले प्रान्तीय मन्त्री मुस्ताक घानीलाई उद्धृत गर्दै शहरको माथिल्लो भागसँग सम्पर्क टुटेको र २० हजारभन्दा बढी मानिस अलपत्र परेका छन् । बीबीसी

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना