नयाँ संविधानपछि जनता सार्वभौम सम्पन्न

बुद्धवीर राई

इलाम, साउन ५ गते । पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालले नयाँ संविधानपछि जनता सार्वभौमसम्पन्न हुने बताउनुभएको छ । खनालले नयाँ संविधानमा जनता अधिकारसम्पन्न हुने बताउनुभएको हो । संविधानसभा नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले सोमबार इलामको सुर्योदय नगरपालिकामा संविधानको पहिलो मस्यौदाको विषयमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रमलाई सम्बोधन गर्दै खनालले चाँडै संविधान आउने दावी गर्नुभयो । जनताको अधिकार सुनिश्चित भएको संविधान चाँडै आउने बताउदै उहाँले जनताले दिएको सुझावको स्वागत गर्नुभयो ।
जनताबाट आएका राय/सुझावलाई संविधानसभामा लगेर छलफल गरिने खनालले जानकारी दिनुभयो । देशभरबाट सुझाव आउने क्रम रहेको भन्दै खनालले सबैको प्रतिनिधित्व हुनेगरि संविधान जारी हुने दावी गर्नुभयो । नयाँ संविधान ल्याउन कसैले रोक्न सक्दैन, उहाँले भन्नुभयो,‘नयाँ संविधान एक ल्याउछौं, दुई ल्याउँछौ, तिन ल्याउँछौ ।’ आफ्नै क्षेत्र नं. १ को सुझाव सङ्कलनका लागि खनाल गृह जिल्ला पुग्नुभएको हो । कार्यक्रममा संविधानसभाका सभासद सुर्यवाला राईसमेत सहभागि हुनुहुन्थ्यो । Jhalanath Khanal Chairman CPN UML
कार्यक्रमका अवसरमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, राष्ट्रिय जनवार, धर्मलगायतको विषयमा बढी सुझावहरु आएका छन् ।  यता कार्यक्रम चलिरहेका बेला सभासदको अगाडिनै केहि राजनीतिक दलले संविधानको प्रारम्भिक मस्यौदा च्यातेका छन् । नेता झलनाथ खनाललई कालोझण्डासमेत देखाएका छन् ।
कार्यक्रम प्रङ्गडमै संघिय समाजवादी फोरम, संघिय लिम्वुवान पार्टी र आदीवासी जनजाती समन्वय परिषद सुर्योदय नगरपालिकले संयूक्त रुपमा कालोझण्डा प्रदर्शन गरेका हुन् । आदीवासी जनजातिको अधिकार खोसिएको भन्दै उनीहरुले आक्रोष व्यक्त गरेका छन् । अन्तरिम संविधान २०६३ मा व्यवस्था भएका आदीवासी  जनजातिको अधिकारसमेत कटौति भएकाले संविधानको मस्यौदाकै विरोध रहेको आदीवासी  जनजाति समन्वय परिषद सुर्योदय नगरपालिकाका अध्यक्ष सोनाम योल्मोले बताउनुभयो ।
त्यस्तै संघियतामा नामाङ्कन र सिमाङ्कन टुङिगएरै आउनुपर्ने संघिय समाजवादी फोरम इलामका अध्यक्ष देवेन्द्र राईले बताउनुभयो ।
सोमबार नै जिल्लाको अन्य २ क्षेत्रमा समेत राय सङ्कलन गरियो । क्षेत्र नं. २ को देउमाई नगरपालिका र क्षेत्र नं. ३ को जिल्ला सदरमुकाममा सुझाव सङ्कलन गरिएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना