अन्ठानब्बे बिगाहका केरा ढलेर नष्ट, कृषक समस्यामा

Kera khetiबेलौरी (कञ्चनपुर), साउन ५ गते । असार अन्तिम साता आएको हावाहुरीका साथै वर्षाका कारण कञ्चनपुरमा ९८ बिगाहको केराखेती ढलेर नष्ट भएको छ । कञ्चनपुरको दक्षिणी क्षेत्र पुर्नवास नगरपालिकाका क्षेत्रमा लगाइएको केराखेती ढलेर नष्ट भएको हो । सो क्षेत्रका २७ जना व्यावसायिक केराखेती कृषकको केरा ढलेर नष्ट हुँदा स्थानीय कृषक समस्यामा परेका छन् । अन्य खेती छोडेर व्यवसायीरुपमा केराखेती गर्दै आएका कृषक यतिबेला लगानी डुबेको भन्दै सरकारसँग गुहार माग्दै छन् ।

पुर्नवास नगरपालिका–७ की रेवती ढकालको डेढ बिगाहमा लगाएको खेरा ढलेको छ । ढकालले अन्य खेती लगाउन छाडेर रु तीन लाख बराबरको केरा नष्ट भएको बताउनुभयो ।

यस्तै सोही क्षेत्रकै अर्का कृषक केशव रेग्मीको पनि एक बिगाह पाँच कट्टा जमिनमा लगाएको केराखेती नष्ट भएको छ । रेग्मीले सरकारले केराखेती कृषकका लागि केही राहत नल्याएका कारण आफ्नो लगानी खेर गएको बताउनुभयो ।

त्रिभुवन केराखेती कृषक समूहका अध्यक्ष रामप्रसाद सुवेदीले सरकारले विपद्का बेला नष्ट भएको केराखेतीको उचित राहत दिनुपर्ने माग गर्नुभयो । अन्य खेतीपाती गर्न छाडेर कृषकले केराखेती गरेको र केराखेती पनि हावाहुरी जस्ता विपद्को नष्ट गर्दा सरकारले यस्ता पीडित कृषकलाई न्यायोचित राहत दिनुपर्नेमा जोड दिएका छन् ।

अध्यक्ष सुवेदीका अनुसार झन्डै रु एक करोड बराबरको केरा नष्ट भएका छन् । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना