करेन्ट लागेर ४ को मृत्यु, ७ घाइते

Sindhupalchok_districtरुपक पुरी सिन्धुपाल्चोक , पुस ६ गते । काठमाडौंबाट सिन्धुपाल्चोकको पाङताङ गाविसको कात्तिकेका लागि जाँदै गरेको बसमा करेन्ट लाग्दा ४ जना यात्रुको ज्यान गएको छ भने सात जना घाइते भएका छन् ।
बराम्चीमा बा २ ख २७०२ नम्बरको बसमा एक्कासी करेन्ट लाग्दा बसमा सवार ४ जना यात्रुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा बतासे– ३ की ७० वर्षिया मनमाया भुजेल , पाङताङ–८ की ४५ वर्षिया शर्किनी तामाङ, गोल्चे –४ का रेखबहादुर तमाङ रहेका छन् । मृत्यु हुने एकजनाको भने पहिचान खुल्न सकेको छैन ।
बसको छतमा यात्रा गरिरहेकाहरु केही यात्रुहरु बसबाट हामफालेर ज्यान जोगाएका थिए ।
सिन्धुपाल्चोकको बराम्ची गाविस–२ बालुवामा बसको छतमा राखेको सामानमा विजुलीको तारले छुँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर ज्यान गुमाएका तथा घाइते भएका यात्रुहरुको शरीरको अधिकांश भाग जलेको छ ।घटनामा गम्भीर घाइते भएका सातजनालाई उपचारका लागि अस्पताल लगिएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना