माघ ८ मै संविधान आउनुपर्ने – नेता दीपक बोहरा

Deepak-boharaलुम्बिनी (रुपन्देही), पुस ६ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता दीपक बोहराले माघ ८ भित्रै संविधान आउनुपर्ने बताउनुभएको छ । 

संविधानसभामा सहभागी सम्पूर्ण राजनीतिक दल संविधान निर्माणमा केन्द्रित हुनुपर्ने बताउँदै विवादित विषयको गाँठो फुकाउनुपर्ने बताउनुभयो ।भैरहवा नमुना क्याम्पसको प्रथम वार्षिकोत्सव तथा क्याम्पस सभालाई सम्बोधन गर्दै नेता बोहराले भैरहवामा विश्वविद्यालय आवश्यक रहेको बताउँदै त्यसका लागि जिल्लाबाट जितेर गएका सभासद्, यस क्षेत्रका प्राचार्य तथा क्याम्पस सञ्चालक समिति बसेर आवाज उठाउनुपर्ने बताउनुभयो ।

उहाँले जिल्लाको विकासका लागि सम्पूर्ण सभासद् एक ठाउँमा उभिएको बताउँदै क्याम्पसको विकासका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आनन्दप्रसाद गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सभासद् इस्तियाक अहमद खाँन, पूर्व विद्यार्थी डा आलोक बोहरा, क्याम्पसका निमित्त प्रमुख टुमानाथ अर्याल, प्राध्यापक शिव शर्मा, जगतबहादुर रायमाझी, शम्भुप्रसाद गुप्ता, भैरहवा नमुना उच्च माविका प्राचार्य चुन्नुप्रसाद पौडेल, पशुपति क्याम्पसका प्राचार्य जयलाल अर्याल, सहायक जिल्ला शिक्षा अधिकारी दिवाकर भण्डारी, डिआर शर्मा र नारायणप्रसाद अग्रवाललगायतले क्याम्पसको विकासका लागि सक्दो आवश्यक सहयोग गर्ने बताउनुभयो ।

सो अवसरमा क्याम्पसलाई सहयोग गर्दै आएका सञ्चारकर्मी, क्याम्पस सञ्चालक समिति, प्राध्यापक तथा कर्मचारीलाई सम्मान गरिएको थियो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना