फिफा अध्यक्ष निर्वाचन फ्रेबुअरी २६ मा

Blatter-closeup-AP
जुरिच , साउन ४ गते । फिफाले आफ्ना अध्यक्ष सेप ब्लाट्रलाई प्रतिस्थापन गर्नाका लागि आउँदो फ्रेब्रुअरी २६ तारिखमा अध्यक्ष पदको विशेष निर्वाचन गरिने जानकारी सोमबार दिईएको छ ।
जुरिचमा ब्लाट्र तथा प्लाटिनीसमेत सहभागी भएको फिफा कार्यकारी समितिको बैठकमा यो मितिका लागि सहमति भएको बताईएको छ ।
ब्लाटरले पाँचौं पदावधिका लागि फिफा अध्यक्ष पदमा निर्वाचित भएको चार दिन पछि यही जुन २ तारिखका दिन अध्यक्ष पद छोड्ने निर्णय सार्वजनिक गरेका थिए । करोडौं डलरको भ्रष्टाचार मुद्दामा विश्व फुटबलको यो संस्था मुछिए पछि ब्लाट्र यो निर्णय लिन वाध्य भएका थिए ।
प्रmेबुअरी २६ मा अध्यक्ष पदको निर्वाचन गर्ने निर्णयलाई ब्लाट्रको विजयका रुपमा लिइएको छ किनकि उनी मतदान कार्यलाई सन् २०१६ सम्मका लागि सार्न चाहन्थे । युरोपिय फुटबल संघ लगायत अन्य केही क्षेत्रीय फुटबल संघहरुले यो निर्वाचन यही वर्षको डिसेम्बर महिनामा गर्न चाहेका थिए ।
ब्लाटरले सोमबार अबेर गर्ने भनिएको पत्रकार सम्मेलनमा अर्बौं डलरको फिफामा सुधारका उपायहरुका बारेमा घोषणा गर्ने अनुमान गरिएको छ ।
फिफाका सात पदाधिकारी भ्रष्टाचारको अभियोगमा बिगत दुई महिनादेखि जेलमा छन् । फिफा अध्यक्ष पदका लागि यही अक्टोबर २६ तारिखभित्र नामांकन भरिसक्नुपर्ने छ । हालसम्म ब्राजिलियन फुटबल हस्ती जिकोले आधिकारिक रुपमै आफ्नो उम्मेदवारीको घोषणा गरिसकेका छन् । यस्तै प्लाटिनीलाई पनि यस पदको प्रमुख हकदारका रुपमा हेरिएको छ । प्लाटिनीले आउँदो दुई हप्ताभित्र आफनो निर्णय सार्वजनिक गर्ने छन् ।
यस्तै दक्षिण कोरियाली फुटबल संघका चुंग मोंग जुन पनि अध्यक्ष पदका लागि दावेदारी प्रस्तुत गर्ने पक्षमा देखिएका छन् । एएफपी 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना