अस्थायी टहरा हस्तान्तरण  

मेलम्ची, साउन ३ गते । सिन्धुपाल्चोक जिल्लाको दुवाचौर गाविस–१, २ मा तिलगङ्गा आँखा प्रतिष्ठानले १६५ अस्थायी टहरा निर्माण गरिदिएको छ । प्रतिष्ठानका मेडिकल कोअर्डिनेटर नवीनकुमार राई, प्रशासक भगीरथ बानियाँ र शैक्षिक विभाग प्रमुख डा गोविन्द पोखरेलले शनिबार स्थानीयवासीलाई सौर्यबत्ती प्रदान गर्दै अस्थायी भवन हस्तान्तरण गर्नुभयो ।

यसअघि प्रतिष्ठानले मेलम्ची नगरपालिकाको दनुवार गाउँमा १४५ अस्थायी टहरा र रेडियो मेलम्चीलाई एक अस्थायी घर बनाइदिएको थियो । एक टहरा निर्माण गर्न ढुवानीसहित करिब रु १६ हजार ५०० परेको प्रतिष्ठानले बताएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना