जडीबुटी लोप हुने अवस्थामा

रौतहट, साउन २ गते । जिल्लाको वन जङ्गलमा घरेलु औषधिका रुपमा प्रयोग हुने वनस्पति तथा रुख लोप हुने अवस्थामा पुगेको छ । बहुमूल्यसमेत मानिने खयरलगायतका जडीबुटीमा प्रयोग हुने काठ आजभोलि देखिन छाडेको स्थानीय भुक्तभोगीको भनाइ छ । बढ्दो वन विनास तथा अव्यवस्थित चरिचरणले गर्दा यहाँको वन जङ्गलमा रहेको त्यस्ता प्रजातिका रुख तथा जडीबुटीका वनस्पति लोप भएका छन् ।

रौतहटको उत्तरी भेगमा पाइने झ्याउ, सर्पगन्ध, खयर, भलायो, कुरिलो, सतिसाल, हर्रोबर्रोलगायतका लोपोन्मुख अवस्थाका वनस्पतिको चोरी निकासी तथा तस्करी हुने गरिएको छ ।

विभिन्न बहुमूल्य काठ विभिन्न सामग्री बनाउन प्रयोगमा आउने भएका कारण पनि यसको तस्करीमा समेत वृद्धि भएको छ ।

नेपाललगायत छिमेकी देशमा समेत बहुमूल्य जातका काठ तथा जडीबुटीको माग रहेका कारण रुख मासिने समस्या देखिएको तिलेश्वर सामुदायिक वन उपभोक्ता समूह गैंडाटारका अध्यक्ष रामपुजन गुरोले बताउनुभयो ।

पहिले सहजैरुपमा यी बहुमूल्य जातका काठ तथा जडीबुटी देखिने गरेकामा अहिले आएर बोट बिरुवासमेत देख्न मुस्किल भएको उहाँ बताउनुहुन्छ ।
जिल्ला वन कार्यालय रौतहटका सहायक वन अधिकृत रामप्रसाद साह वन ऐनले संरक्षण सूचीमा राखेको जडीबुटीजन्य रुख तथा वनस्पतिको संरक्षण र सम्वद्र्धन गर्नु सबैको उत्तिकै दायित्व रहेको बताउनुहुन्छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना