पपुवा न्युगिनी अगाडी निरीह नेपाल


काठमाडौं , साउन १ गते । टी ट्वाण्टी विश्वकपको आयरल्याण्डको राजधानी डब्लिनमा शुकंबार भएको छनौट खेलमा पपुवा न्युगिनीले नेपाललाई आठ विकेटले पराजित गरेको छ । नेपालले दिएको ९४ रनको लक्ष्यलाई पपुवा न्युगिनीले ३५ बल बाँकीमै हासिल गरेको छ ।
यसअघिका खेलहरुमा व्याटिंगमा कमजोर देखिने नेपाली टिम आजको खेलमा फिल्डिंग तथा बलिंगमा पनि पूर्ववत खेलमा जस्तो चुस्त देखिएनन् । यसको ठीक उल्टो पपुवा न्युगिनीबाट सबै क्षेत्रमा नेपालको दाँजोमा उत्कृष्ट प्रदर्शन भयो ।
नेपालका सोमपाल कामीले १.३ ओभरमा पपुवा न्युगिनीको पहिलो विकेट लिए भने ७.१ ओभरमा बसन्त रेग्मीले विकेट लिएका थिए ।
यस अघि टस हारेर पहिले व्याटिंगमा उत्रिएको नेपालले शुरुमा औसत खेल खेले पनि पछि पूरानै रोग कमजोर व्याटिंगका कारण पपुवा न्युगिनीसँग भएको खेलमा ९३ रनमात्र बनाउन सफल भयो । पूर्ववत खेलहरुमा झै नेपालका व्याट्सम्यानहरुको व्याटले कुनै कमाल देखाउन सकेन ।
प्रदीप ऐरीले २८ बलमा २९ रन बनाएर नेपाललाई अगाडी बढाउन खोजे पनि उनी आउट भएसँगै नेपालको पाली धराशयी भयो । सागर पुनले १५ रन र शरद भेषवाकरले ११ बनाउनु सिवाय अन्य नेपाली व्याट्सम्यान दोहोरो अंकमा रन जोड्न सकेनन् ।  पारस, ज्ञानेन्द्र, शरद , सोमपाल, विनोदहरु धमाधम पपुवा न्युगिनीका मोटा र पुड्का खेलाडी सामु निकै कमजोर सावित भए ।
यस खेलमा पराजित भएसँगै टी ट्वान्टी विश्व कपमा छनौट हुने नेपालको सम्भावना लगभग समाप्त हुनेछ । औपचारिकताका लागि अब नेपालले जर्सीसँग खेल्नेछ ।

 

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना