संविधानसभा विघटन गरी राष्ट्रिय एकताको सरकार गठन गरिनु पर्ने

C.P.GajurelMaoist leader ओखलढुंगा पुस ६ गते । नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले आउँदो माघ ८ मा कुनै हालतमा पनि संविधान जारी नहुने बताउनुभएको छ । यदी यो सरकारले संविाधान जारी गर्यो भने देशलाई अर्को द्धन्दमा लैजाने हिसाबले जारी गर्ने गजुरेलले बताउनु भयो । जनचाहना बिपरीत बनेकोे सरकारले संविधानले जनभावना अनुरुपको संविधान निर्माण गर्न नसक्ने र यदी संविधान जवरजस्ति जारी गरेमा जनताको लागी मान्य नहुने,त्यसको बिरुद्धमा सडक आन्दोलन हुने र यसमा सबैले साथ दिने बताउनु भयो । आन्दोलनको कस्तो रुप हुन्छ भन्ने प्रश्नमा जनाले गरेको आन्दोलन कहिले पनि हिँसात्मक नहुने र राज्यले त्यसको राज्यले कसरी लिन्छ ? राज्यले सडक आन्दोलनलाई हिँसात्मक बनायो भने जनता त्यही अनुरुप चल्छन् र फेरी देशमा हिँसा फैलने बताउनु भयो । क्रान्तिकारी पत्रकार महासंघ ओखलढुंगाले आयोजना गरेकंो पत्रकार सम्मेलनमा बोल्दै नेता गजुरेले अहिलेको सरकारले सटकट बाटो बाट भए पनि संविधान जारी गर्ने बताएको भन्दै “आफ्नै भएको संविधान सभाको प्रकृया पुरा नगरी कन सुवास नेम्वाङको खल्ति बाट दिने हो र ? अनि संविधान जारी गर्ने ? यो जनाताले बुझ्ने गरी षडयन्त्र भएको छ । यसलाई जनताले मान्यता नदिने बताउनु भयो । जनतालाई मान्य हुने संविधान जारी गर्न अहिलेको संविधान सभा विघटन गरी राष्ट्रिय एकताको सरकार गठन गरीनु पर्ने बताउनु भयो । क्रान्तिकारी शक्तिहरुलाई कमजोर बनाउन सबै दल हरु लागेकाले यसले देशमा राम्रो नतिजा नल्याउने पनि बताउनु भयो । त्यसै गरी बिप्लवले पार्टी फुटाएर आफ्नो पार्टीलाई कुनै पनि असर नपरेको बताउनु भयो । एकीकृत नेकपा माओबादी सँग कुनै पनि हालतमा पार्टी एकता नहने । पार्टी एकता हुनका लागी एकीकृत माओबादीले संविधान सभा छोडी हामी सँग एकता हुन आउनु पर्ने बताउनु भयो । कार्यकर्ता भेटघाट तथा प्रशिक्षणका लागी उपाध्यक्ष गजुरेल सहितको टोली ओखलढुंगा आई पुगेको थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना